लुम्बिनी बिकास कोषको जंगलमा भीषण आगजनी
बुधबार, २७ वैशाख २०७४, १८ : ५७
लुम्बिनी, बैशाख २७ – २५सय ६१ औ बुद्धजयन्ती तथा लुम्बिनी दिवसकै पूर्ब सन्ध्यामा कोषको जंगलमा भीषण आगजनी भएको छ ।
ईप्रका लुम्बिनीले दिएको जानकारी अनुसार लुम्बिनी ग्राम भित्र बिश्वशान्ति स्तुपको उत्तर र होटेल कासाईको पश्चिम पट्टि रहेको जंगलको पुरै भाग आगजनी बाट सखाप भएको हो ।
ज्ांगलमा आगलागी हुदा करीब ५ सय हेक्टरमा रहेको झारपात कलिला बोटबिरुवा, कीराफटयांग्रा सर्प, गोही जलेर खरानी भएको बनस्यपति क्षेत्रमा कार्यरत ग्री नयथ अफ लुम्बिनीका सहसचिव डिग्रीचन्द सहानीले जानकारी गराए ।
कोषको जंगल भित्र आगजनी हुदा तीन वटा दमकल प्रयोग गरि राती तीन बजे अग्नि नियन्त्रण गरिएको ईप्रका लुम्बिनीका प्रनि पुरुषोत्तमरावत क्षेत्रीले बताए ।
आगजनीको घटना समबन्धमा दोषीलाई पत्ता लगाउन आवश्यक अनुसन्धान भईरहेको हुदा यथशीघ्र कानूनी दायरा भित्र ल्याउने प्रनि क्षेत्रीले प्रतिबद्धता समेत जनाए ।
यद्यपि लुम्बिनीलाई बदनाम गराउन बर्षेनी बुद्धजयन्तीका बेला नियोजित ढंग बाट आगजनी गराईएको हुदा यथाशीघ्र दोषी पत्ता लगाई कानूनी दयारा भित्र ल्याउनका लागि सम्बन्धित सरोकारवाला सँग सदस्य सचिव अजितमान तामाङ्गले माग समेत गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण