निर्वाचन आयोगले दलका नेताहरुलाई सचेत गरायो
बुधबार, २७ वैशाख २०७४, १९ : १६
काठमाडौं, बैशाख २७ – निर्वाचन आयोगले राजनीतिक दललाई आचार संहिता पालना गर्न सचेत गराएको छ ।
निर्वाचन आयोगमा प्रमुख दलका नेताहरुलाई बोलाएर आयोगले आचार संहिता कडाईका साथ पालना गर्न आग्रह गरेको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दलका नेताहरुलाई आयोगले गरेको निर्वाचन तयारीबारे जानकारी दिँदै निर्वाचन खलबलिने गतिबिधी नगर्न आग्रह गरे ।
छलफलमा सहभागी दलका नेताहरुले स्थानीय तहको निर्वाचनको आचार संहिता पालना गर्ने पत्रमा हस्ताक्षर गर्दै संहिता उल्लंघन नगर्ने प्रतिबद्धता जनाएका छन् ।
छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका नेता बुद्धीमान तामाङ, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई, संघीय समाजबादी फोरमका राजेन्द्र श्रेष्ठ, फोरम लोकतान्त्रिकका बिजयकुमार गच्छेदार लगायतका नेताहरु आयोग पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण