गाडीको ठक्करबाट एकको मृत्यु
बुधबार, २७ वैशाख २०७४, १९ : ५१
राजविराज, वैशाख २७ – हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा बोलेरो गाडीको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेल्टार नगरपालिका–२ बस्ने ४५ वर्षीय वीरबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको बा१६च ३८११ नंको बोलेरो गाडीले बेल्टार नगरपालिका–२ बाट जन्ती लिएर जाँदै गरेको ग१ख २८८९ नंको विवाहको बस रोकेर सडक छेउमा शौचमा गएका मगर फर्किने क्रममा बोलेरो गाडीले ठक्कर दिएको थियो ।
उक्त ठक्करबाट मगरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, सप्तरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण