शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचनका लागि सत्तारुढ दल जिम्मेवार हुनुपर्नेः अध्यक्ष थापा

बुधबार, २७ वैशाख २०७४, २० : ४९
बुधबार, २७ वैशाख २०७४
हेटौँडा, वैशाख २७ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सत्तारुढ दलहरु जिम्मेवार हुनुपर्ने बताए । राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रमुख दलहरु राष्ट्रियताको सम्वद्र्धन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धितर्फ मुलुकलाई डोर्याउन जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्ने बताए उनले बाह्य चलखेललाई नियन्त्रण गर्न र मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सत्तारुढ दल र प्रतिपक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिए । धर्म संस्कृति र पहिचानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति र प्रजातन्त्रको सुदृढीरकरणका लागि राप्रपाले वर्तमान संविधानलाई स्वीकार गरेको उनको भनाइ थियो । सभामा राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौता, केन्द्रीय सदस्य दीपबहादुर सिंह, पार्टीका तर्फबाट हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेदवार मधु अधिकारीले संविधान कार्यान्वयनका लागि निर्वाचनलाई सफल पार्न मधेसी मोर्चाले पनि सहयोग पु¥याउनुपर्ने धारणा राखे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप