जुम्लामा कर्मचारी कार्यक्षेत्रमा परिचालित
बुधबार, २७ वैशाख २०७४, २१ : २२
जुम्ला, वैशाख २७ – यहाँका ७६ मतदानस्थल तथा ८७ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी परिचालित गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको हो । प्रत्येक मतदान केन्द्रमा पाँचदेखि आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।
‘पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा एक कार्यालय सहयोगी र दुई स्वयंसेवक खटाएका छौँ, त्यसभन्दा बढी मतदाता भएको ठाउँमा एक÷एकजना थप गरेका छौँ,’ उनले भने । बुधबार मात्र ६२५ कर्मचारी कार्यक्षेत्रमा परिचालित गरिएको न्यौपानेले बताए । उनीहरुलाई ९० प्रकारका निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पठाइएको छ ।
प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले प्रत्येक मतदान केन्द्रमा छ म्यादी प्रहरी र पाँच प्रहरीसहितको सुरक्षा टोली खटाइएको बताए । जिल्लामा ४१५ म्यादी र ४८६ प्रहरीसहितको टोली परिचालित गरिएको छ ।
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जुम्लाका आठ स्थानीय तहमा अति संवेदनशील गाउँपालिकामा ३० र संवेदनशील गाउँपालिकामा २० सशस्त्र प्रहरी खटाइएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सबै कर्मचारी आफ्नो कार्यक्षेत्रमा पुगिसकेको र शान्ति सुरक्षाको अवस्था मजबुत र सन्तोषजनक रहेको बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण