मारामारी छाडेर देशलाई समृद्धितर्फ लैजाउँः डा. रिजाल
बुधबार, २७ वैशाख २०७४, २१ : ५६
गोरखा, बैशाख २७ – नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले स्थानीय तहको निर्वाचनपछि देश समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन्।
भीमसेन गाउँपालिकाको बगुवामा आज आयोजित चुनाबी सभामा उनले भने, ‘अब मारामारीको बाटो छाडेर देशलाई समृद्धिको बाटोतर्फ लैजानुपर्छ।’
जातजाति, भाषा, धर्मलगायत निहुँमा एक–आपसमा लडाइ गर्न नहुने भन्दै उनले देशलाई समृद्धिको बाटोमा कांग्रेसले मात्रै हिडाउन सक्ने दाबी गरे। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजाबादी शक्ति राप्रपाका अध्यक्ष कमल थापासंग गठबन्धन गरेको भन्दै उनले एमालेले खोक्रो राष्ट्रबादको नारा लगाउँदै हिडेको आरोप लगाए।
उनले भने, ‘बृद्धभत्ता एमालेले आफ्नो गोजीबाट दिएको होइन त्यो पैसा संबिधानमा उल्लेख भएअनुसार नै राज्यले सामाजिक सुरक्षा अनुसार उपलब्ध गराएको हो। कांग्रेसको चुनावी घोषणा पत्रमा बृद्धबृद्धाका लागि एकीकृत सेवा आश्रम खोल्नेलगायत एजेण्डा छ।’ यस्तै डा. रिजालले जनताको घरनजिक बलियो सरकार पु¥याउने बी।पी। कोइरालादेखिको इच्छा अहिले पूरा भएको बताए।
चुनाबी सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले कांग्रेसकै नेतृत्वमा समृद्धि तर्फ देश लम्कने बताए। हिंसाको राजनीतिमा बिश्वास नगर्न आग्रह गर्दै पाण्डेले देश बिकास गर्ने हो, संबिधानलाई अक्षरस पालना तथा कार्यान्वयन गर्ने हो भने कांग्रेसको नेतृत्व आवश्यक पर्ने जिकीर गरे।
कांग्रेस सचेतक तथा केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठले कांग्रेसकै नेतृत्व र पहलमा गाउँसम्म सडक निर्माणदेखि बूढीगण्डकी जलबिद्युत् आयोजनालगायतका ठूला बिकासका योजनाका कामहरु सुरु भएको बताए।
कार्यक्रममा भीमसेन गाउँपालिकामा कांग्रेसका तर्फबाट प्रमुख पदका उमेद्वार ईश्वर पाण्डे, उपप्रमुख उमेद्वार बिनु वाग्ले, नेताहरु ठाकुरप्रसाद पूडासैनी, प्रेमराज जोशीलगायतले सम्बोधन गरेका थिए।
गण्डकी गाउँपालिका घ्याल्चोकमा स्थिति तनाबग्रस्त हुदा हवाइ फायर चल्यो
गोरखा जिल्लाकै गण्डकी गाउँपालिका घ्याल्चोकको आज दिउँसो स्थिति तनावग्रस्त बनेको थियो ।माओवादीले बाहिरबाट ठुलो संख्यामा अपरिचित ब्यक्ति ल्याएर काँग्रेस, एमाले र नयाँ शक्ति माथि हात हतियार, भाला र वियरको बोतलले आक्रमण गरेको तथा गाडी तोडफोड समेत गरेको आरोप लगाएका छन् ।
तर, घ्याल्चोकका राम प्रसाद रेग्मीका अनुसार तरुण दलले सुनियोजित रुपमा बाहिरबाट भाला हतियार सहित गाडीमा ल्याएको र आक्रमणको योजना बनाएको आरोप लगाएका छन् । रेग्मी वडा नं. ८ का उम्मेदवार समेत हुन् ।
तरुणदलको सुनियोजित योजनालाई वाइसिएलले प्रतिकार गरेको उनले बताए । तिनीहरुका हतियार भाला सबै प्रहरीले खोसेको समेत रेग्मीले बताए । उक्त झडपको स्थिति नियन्त्रण लिन प्रहरीले हवाइ फायर समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण