महन्थको विरोध गर्दै उपेन्द्रको अर्को विज्ञप्ति
काठमाडौं, बैशाख २७ – सङ्घीय गठबन्धनको नामबाट यहि वैशाख २३ गते सञ्चार माध्यमहरुमा सम्प्रेषण भएको प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आज उपेन्द्र यादब समुहले अर्को विज्ञप्ति प्रकाशित गरेको छ ।
गठबन्धनद्धारा आज जारी सँयुक्त प्रेस विज्ञप्ति अनुसार उक्त दिनको गठबन्धनको नाउँमा जारी विज्ञप्ति कथित झुटो र भ्रामक भएको समेत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘विगत लामो समयदेखि आदिवासी जनजाति, मधेशी, शिल्पी, खस, मुश्लिम लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायहरुको पहिचान र अधिकारको लागि संघीय गठबन्धन निर्माण भएको सर्वविदितै छ । पछिल्लो समय सम्पूर्ण उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकारको सुनिश्चितता सहितको एकतालाई तोड्दै, विगत लामो सदयदेखि सहकार्य गर्दै आन्दोलन र संघर्षमा मोर्चाहरुमा अग्रणी र प्रभावकारी भूमिका खेलेको यस गठबन्धनका घटक दल र मोर्चाहरुलाई बेवास्ता गरी यही मिति २०७४ बैशाख २३ गते संघीय गठबन्धनको संयोजक परिवर्तन भएको भन्ने भ्रामक समाचारप्रति हाम्रो घोर आपत्ति छ ।’
गठबन्धनको आधिकारिक निर्णय नभएर व्यक्तिगत निर्णयहरु मात्र भएकोले उपेन्द्र यादव नै गठबन्धनका प्रमुख भएको जनाएको छ । जानकारी नै नदिई महन्थ ठाकुरको नामबाट आएको उक्त प्रेस विज्ञप्ति प्रति घोर विमति रहेको उपेन्द्र यादव समुहले लगाएको छ ।
परिस्थितिको मूल्याङ्कन र हाम्रा आगामी कार्यभारहरु बारे निर्णय गर्न एकीकृत भई छलफल र सहकार्यमा रहन समेत संलग्न घटकहरुमा अनुरोध गरिएको छ । हेर्नुस विज्ञप्तिको पूर्ण पाठः
सङ्घीय गठबन्धन
मिति : २०७४।०१।२७
प्रेस विज्ञप्ति
सङ्घीय गठबन्धनको नामबाट २०७४ साल वैशाख २३ गते विभिन्न सञ्चार माध्यमहरुमा सम्प्रेषण भएको कथित प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विगत लामो समयदेखि आदिवासी जनजाति, मधेशी, शिल्पी, खस, मुश्लिम लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायहरुको पहिचान र अधिकारको लागि संघीय गठबन्धन निर्माण भएको सर्वविदितै छ । पछिल्लो समय सम्पूर्ण उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकारको सुनिश्चितता सहितको एकतालाई तोड्दै, विगत लामो सदयदेखि सहकार्य गर्दै आन्दोलन र संघर्षमा मोर्चाहरुमा अग्रणी र प्रभावकारी भूमिका खेलेको यस गठबन्धनका घटक दल र मोर्चाहरुलाई बेवास्ता गरी यही मिति २०७४ बैशाख २३ गते संघीय गठबन्धनको संयोजक परिवर्तन भएको भन्ने भ्रामक समाचारप्रति हाम्रो घोर आपत्ति छ ।
सञ्चारमाध्यममा जे जस्तो समाचारहरु प्रेषित भएका छन्, ती गठबन्धनको आधिकारिक निर्णय नभएर व्यक्तिगत निर्णयहरु मात्र हुन्, यसमा हाम्रो सहमति छैन । हामीलाई जानकारी नै नदिई महन्थ ठाकुरको नामबाट आएको उक्त प्रेस विज्ञप्तिप्रति हाम्रो घोरविमति छ । आदिवासी जनजाति, मधेशी, थारु, खस, शिल्पी, मुश्लिम, लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायको हक अधिकारको निम्ति जारी सङ्घर्षलाई सफलतामा पुर्याउन अरु बृहत्तर एकीकृत शक्ति निर्माण गर्नुपर्ने वर्तमान राजनीतिक परिस्थितिमा यसरी घात अन्तर्घात गर्ने कार्य अत्यन्तै लज्जास्पद मात्र नभएर खेदजनक पनि छ । त्यसैले, सङ्घीय गठबन्धनका सबै घटक सदस्य नेताज्यू, संचारमाध्यम र आमसर्वसाधारणमा उक्त कथित प्रेस विज्ञप्तिको भ्रममा नपरी परिस्थितिको मूल्याङ्कन र हाम्रा आगामी कार्यभारहरु बारे निर्णय गर्न एकीकृत भई छलफल र सहकार्यमा रहन हार्दिक अनुरोध समेत गर्दछौं ।
१. लिम्बूवान संयुक्त संघर्ष समिति
२. शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समिति
३. ताम्सालिङ संयुक्त संघर्ष समिति
४. मगरात संयुक्त संघर्ष समिति
५. थरुहट/थारुवान संयुक्त संघर्ष समिति
६. तमुवान संयुक्त संघर्ष समिति
७. नेवाः स्वायत्त राज्य संघर्ष
८. राष्ट्रिय शिल्पी आन्दोलन नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण