समाजसेवी भण्डारीले खडा गरे रु ११ लाखको अक्षयकोष
बिहीबार, २८ वैशाख २०७४, ०८ : १०
धनगढी - समाजसेवी बद्रीनाथ भण्डारीले बुधबार यहाँ आयोजित आफ्नो ९२औँ जन्मोत्सवका अवसरमा रु ११ लाखको अक्षयकोष खडा गरेको छ ।
अक्षयकोषवाट प्राप्त हुने ब्याज रकमबाट कला, साहित्य र संस्कृतिको संरक्षणमा योगदान दिने एकजना साहित्यकारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्य रहेको जनाइएको छ ।
पुरस्कारको राशि रु एक लाख ११ हजार १११ तोकिएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित समारोहमा समाजका संस्थापक अध्यक्ष यज्ञराज यात्रीले पुरस्कार स्थापना गरेर समाजसेवी भण्डारीले समाजका लागि ठूलो गुन लगाएको बताए ।
सो अवसरमा समाजसेवी भण्डारीले सामाजिक कामका लागि आ–आफ्ना तर्फबाट सबैले योगदान दिन सक्नुपर्ने बताउनुभयो । समाजका अध्यक्ष रामलाल जोशीको सभापतित्वमा समारोह भएको थियो ।
धनगढी उपमहानगरपालिका–२ निवासी भण्डारीले यसअघि शिक्षालगायत क्षेत्रमा समेत योगदान दिएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण