नक्कली पेस्तोल र चक्कुसहित पाँचजना पक्राउ
बिहीबार, २८ वैशाख २०७४, ०८ : १३
दाङ - दाङको तुलसीपुरबाट पाँचजना व्यक्ति नक्कली पेस्तोल र चक्कुसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार राति तुलसीपुरको बरुवा गाउँ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ परेकामध्ये तीनजना बालक छन् । तुलसीपुर उपमहानगरपालिका–५ पुरानो बसपार्क निवासी १७ वर्षीय शङ्कर विक, वडा नं ६ बरुवा गाउँ निवासी १४ वर्षीय अजय नेपाली, बरुवा गाउँकै १५ वर्षीय सुरज नेपाली, वडा नं ५ त्रिशिद्धेश्वरी मन्दिरनजिकै बस्ने २० वर्षीय सन्तोष नेपाली पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।
उहाँका अनुसार मङ्गलबार राति ९ः३० बजेतिर उनीहरुलाई बरुवा गाउँस्थित गोरखा बोर्डिङ पछाडिको क्षेत्रबाट नक्कली पेस्तोल र चक्कुसहित पक्राउ गरिएको हो । सबैजना मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण