शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नेपालगन्जमा रेडियो सद्भाव एफएम सञ्चालनमा

बिहीबार, २८ वैशाख २०७४, ०८ : २१
बिहीबार, २८ वैशाख २०७४
नेपालगन्ज - नेपालगन्जमा बुधबारदेखि अर्को सामुदायिक रेडियो सद्भाव एफएम सञ्चालनमा आएको छ । योसहित नेपालगन्जमा व्यावसायिक र सामुदायिक गरी रेडियो एफएमको सङ्ख्या १० पुगेको छ । यही वैशाख ६ गतेदेखि परीक्षण प्रसारण थालेको रेडियो सद्भाव एफएम ९१।२ मेगाहर्जको रेडियो प्रसारक सङ्घका केन्द्रीय अध्यक्ष सुवास खतिवडाले बुधबार यहाँ उद्घाटन गरे । रेडियो सञ्चालक समितिका अध्यक्ष सञ्जय सिंहको अध्यक्षतामा भएको एफएम उद्घाटन समारोहका अध्यक्ष खतिवडा, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झा, बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, मानव अधिकारकर्मी भोला महत र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले एफएम ग्रामीणमुखी हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप