शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

उत्सव बाँचे : आमाले भनिन् - पत्रकारको सहयोगले आज छोरा जीउँदो छ !

बिहीबार, २८ वैशाख २०७४, ०८ : ३०
बिहीबार, २८ वैशाख २०७४
पथरी, मोरङ - आर्थिक सहयोग जुटाएपछि मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती टोलका १२ वर्षीय उत्सव धिमाल भारतको टाटा अस्पतालबाट क्यान्सरको सफल उपचारपछि घर फर्किएका छन् । टाउकामा ट्युमर भएको भन्दै काठमाडौँको दीर्घायु अस्पतालले त्यसको शल्यक्रिया गरेको थियो । त्यसपछि रोग झन् जटिल भएपछि टाउकाको उपचार गर्न भारतको बम्बईस्थित टाटा मेमोरियल अस्पताल पुग्दा क्यान्सर भएको अस्पतालले पत्ता लगाएको थियो । त्यहाँ लगातारको आठ महिनाको उपचारपछि उत्सव निको भएर बुधबार घर आइपुग्नु भएको छ । विपन्न समुदायका उत्सवको उपचारका लागि सहयोग जुटाउन युवा सहयोगी साजन धिमालको संयोजकत्वमा ‘उत्सव धिमाल बचाउ अभियान समिति’ गठन गरेर आर्थिक सहयोग सङ्कलन अभियान अगाडि बढाइएको थियो । विभिन्न सञ्चारमाध्यममा प्रकाशन, प्रसारण भएपछि आर्थिक सहयोग जुटेको थियो । देश विदेशबाट रु नौ लाख ४८ हजार ७६५ रकम सङ्कलन भएर उपचार गराउन सम्भव भएपछि छोराको ज्यान बाँचेको उत्सवकी आमा उमा धिमालले खुसीका आँसु झार्दै पत्रकारलाई बतए । उत्सवकी आमा उमाले भन्नुभयो, “पत्रकारको सहयोग नपाएको भए आज मेरो छोरा सायद जीवित हुन्थेन होला ।” नेपालमा र भारतमा समेत गरी उत्सवको उपचारमा रु २१ लाख ९० हजार खर्च लागेकोमा सहयोगबाट उठेको रकमबाहेक आफ्नो सम्पूर्ण जायजेथाका रुपमा रहेको घर बन्धकी राखेर उपचार सम्पन्न गरेको परिवारले बताएको छ । सहयोगीकै सहयोगबाट छोराको ज्यान बच्न पुगेको भन्दै उत्सवका बुबा छत्रबहादुरले सहयोगी तथा सञ्चारकर्मीलाई विशेष धन्यवाद ज्ञापन गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप