माओवादीले भन्यो-'दोलखा घटना एमालेकै कारणले भयो'
बिहीबार, २८ वैशाख २०७४, ०८ : ५६
वैशाख २८, काठमाडौं - दोलखाको गौरिशंकर गाउँपालिका जुबुमा मंगलबार साँझ भएको घटना एमालेकै कार्यकर्ताको कारण भएको माओवादी केन्द्रले बताएको छ ।
माओवादी केन्द्रका ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'उक्त घटना हुनुमा एमालेका उदण्ड कार्यकर्ताको उदण्ड क्रियाकलाप नै मुख्य रुपमा जिम्मेवार छ ।'
मंगलबार साझको समयमा माओवादी केन्द्रका उम्मेदवारमाथि एमाले कार्यकर्ताबाट सांघातिक आक्रमणपछि दोहोरो झडप भएको र सोही क्रममा उक्त दुखद् घट्ना हुन गएको शाक्यले बताएका छन् । विज्ञप्तिमा घटनाको छानविनको समेत माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'घटनाको विषयलाई बंग्याएर घट्नास्थलमै नभएका माओवादी केन्द्रका सचिवालय सदस्य गंगा कार्की तथा पिबीएम देवी खड्का लगायतलाई आरोप लगाई मुद्धा लगाउने, गिरफ्तार गर्ने कार्यको घोर भत्र्सना गर्दछौं ।'
साथै इन्चार्ज शाक्यले सम्बन्धित पार्टीलाई संयमित रही शान्तिपूर्ण चुनावी माहौललाई नबिथोल्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
दोलखामा २६ गते साँझ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस्:
एमाले र माओवादी केन्द्रबीच झडप : एकको मृत्यु, एक गम्भिर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण