शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

श्री एयरलाइन्सविरुद्व पर्यटन मन्त्रालयमा उजुरी

बिहीबार, २८ वैशाख २०७४, ११ : ४७
बिहीबार, २८ वैशाख २०७४

काठमाडौं, बैशाख २८– नीजि क्षेत्रको विमान कम्पनी श्री एयरलाइन्स विरुद्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको परेकोमा पर्यटन मन्त्रालयमा पनि सोहि व्यहोराको उजुरी परेका हो । एयरलाइन्सले नियम विपरित एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसी) लिएको, पाइलटलाई तालिममा विदेश पठाएको, विदेशी मुद्रा अपचलन गरेकोलगायतको दाबी सहित छानबिनको माग गर्दै मन्त्रालयमा उजुरी परेको हो । पर्यटनमन्त्रालयका एक सहसचिवले एयरलाइन्सबारे परेको उजुरीको सम्बन्धमा बुझ्ने काम भइरहेको बताउँदै दोषी पाइए कारबाही हुने बताए । सीआरजे २०० र सीआरजे ७०० सहितको एओसी प्रक्रियामा छानबिन गरी एयरलाइन्सका अध्यक्ष सुधीर मित्तललाई विदेशी मुद्रा अपचलन र नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारीलाई अनावश्यक दवाव दिएको अभियोगमा छानबिन गरी कडा कारबाही गर्न माग गरिएको छ । उजुरीमा प्राधिकरणबाट एयरलाइन्सले इन्टरनेशनल अपरेटर सर्टिफिकेट लिन गरेको कार्य अति संवेदनशील रहेको भन्दै एओसीको नियम ३.११.१ मा अन्तराष्ट्रिय उडान गर्न इन्टरनेशनल एयर अपरेशनको एओसी लिनका लागि कम्पनीको कूल पुँजी ५० करोड हुनुपर्ने भएपनि सो विपरित उल्टै एयरलाइन्सले प्राधिकरणका कर्मचारीलाई धाकधम्की दिई कानून विपरित कार्य गरेको उल्लेख गरिएको छ ।

यस्तै एयरलाइन्समाथि प्रक्रिया नै पूरा नगरी पाइलटलाई तालिमका लागि विदेश पठाएको आरोप छ । एयरलाइन्सले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (ओइसी) प्राप्त गर्नका लागि विभिन्न पाँच फेजको प्रक्रिया पूरा गर्नुपर्ने भएपनि ती प्रक्रिया नै पूरा नगरी जर्मन लुफ्थान्सा एभिएसन ट्रेनिङ जर्मनीमा १५ पाइलटलाई तालिममा पठाएको थियो । जवकी डकुमेन्ट इभ्यालुसन फेज नसकिँदै क्रु ट्रेनिङ गर्न नमिल्ने नियम छ ।

१९ वर्षदेखि एमआई रसियन हेलिकप्टरमार्फत आन्तरिक तथा अन्तराष्ट्रिय चार्टर सेवा सञ्चालन गर्दै आएको एयरलाइन्सले आन्तरिक उडानतर्फ उडान सेवा सञ्चालन गर्न पर्यटनमन्त्रालयबाट सीआरजे–२०० र सीआरजे७०० को अनुमति प्राप्त गरी सन् १०१६ को सेप्टेम्बरमा फ्लाइट अपरेटर स्ट्यान्डर्ड डिर्पामेन्टमा ओएसीको लागि निवेदन दिएको थियो । एयरलाइन्स विज्ञहरुका अनुसार ओएसी प्राप्त गर्नका लागि एओसीआर÷एओसीआई म्यानुअलको विभिन्न पाँच प्रक्रियाहरु पर एप्लिकेसन फेज, फर्मल एप्लिकेसन फेज, डकुमेन्ट इभ्यासुएयन फेज, डेमोन्सट्रेसन फेज र सर्टि्फिकेसन फेज पूरा गर्नुपर्ने हुन्छ । तर एयरलाइन्सले तत्कालिन पर्यटनमन्त्री र महानिर्देशकलाई प्रभावमा पारेर फेज, प्रिएप्लिकेसन, फर्मल एप्लिकेसन सकिएलगत्तै सीआरजे२०० नेपाल झिकाउन सफल भएको थियो । सोलगत्तै उसले क्रु ट्रेनिङमन लागि जर्मन लुफ्थान्सा एभिएसन ट्रेनिङ जर्मनीमा १५ पाइलटलाई पठाएको हो । जवकी डकुमेन्ट इभ्यालुएसन फेज नसकिँदै क्रु गर्न नमिल्ने नियम छ । यसो त १५ पाइलटलाई सो तालिम गराउनको लागि जर्मनीस्थित सिमुलाटोर सीएएएनबाट समेत अनुमति लिनु पर्नेमा सो समेत नगराइएको पाइएको छ । ती पाइलटहरु अहिले तालिम सक्याएर स्वदेश फर्किसकेको छ । एयरलाइन्सले सीआरजे–२०० का दुई ओटा सीआरजे –७०० का एक ओटा गरी ३ ओटा जेट विमान सञ्चालन गर्न लागेको भएपनि वायुवान सञ्चालन गर्न आवश्यक पूर्वाधार नै तयार नगरी हेलिकप्टर नै सञ्चालन गरेको पूर्वाधार देखाई गैरकानुनी एओसीको आधारमा प्राधिकरणबाट स्वीकृति प्राप्त नगरी खरिदको लागि विदेशी मुद्रा पठाएको समेत खुल्न आएको छ । यस्तै पाइलटलाई विदेश तालिममा पठाउँदा पनि कसरी विदेशी मुद्राको व्यवस्थापन भयो भन्नेमा पनि छानबिन गर्न उजुरीमार्फत माग गरिएको छ ।

श्री एयरलाइन्सको खतरनाक खेल, अख्तियारमा पर्‍यो उजुरी

प्रक्रिया नै पूरा नगरी श्री एयरलाइन्सले पाइलटलाई तालिममा पठाएको खुलासा

श्री एयरलाइन्सद्वारा करोडौं डलर अपचलन

श्री एयरलाइन्सको हेलिकप्टर सञ्चालन स्वीकृतिमै गोलमाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप