तेह्रथुमको सिङ्गो गाउँपालिका नै अन्धकार
तेह्रथुम, २८ वैशाख । तेह्रथुमको पूर्वी क्षेत्रमा अवस्थित आठराई गाउँपालिकाका बासिन्दा केन्द्रीय प्रसारण लाइनको विद्युत्बाट वञ्चित छन् । मुलुकलाई विद्युत् भार कटौती मुक्त बनाउने अभियान चलिरहेका बेला आफूहरुले भने विद्युतीकरणका लागि पटकपटक सम्बन्धित निकायसँग माग गरेको स्थानीय बताउँछन् । तर आठराईमा अझैसम्म पनि विद्युत् विस्तार भएको छैन ।
वर्षौंदेखि विद्युत् सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दा विद्युत् नहँुदा अन्धकारमा बस्न बाध्य छन् । यहाँका बासिन्दाले रातको अन्धकारलाई सोलार, टुकी बत्ती र साना जलविद्युत्ले चिरे पनि उद्योगधन्दा, सूचना प्रविधि र व्यक्तित्व विकास गर्न सकेका छैनन् । विद्युत् नहुँदा दिउँसै अँध्यारो महसुस भएको स्थानीय बताउँछन् ।
विद्युत्मा पहुँच नभएकै कारण आठराईमा सञ्चार सुविधासमेत भरपर्दो छैन । स्थानीयलाई मोबाइल चार्ज गर्नै समस्या छ । बाहिरबाट काम र घुमफिरका लागि आठराई पुग्नेले समेत मोबाइल चार्ज गर्न नपाएर सम्पर्कविहीन भएर बस्नुपर्ने अवस्था छ । हुने खानेका घरका छानामा सोलारका पाता टल्किएका छन् । विपन्नका घरमा अझै पनि मट्टितेल र टुकी बत्ती नै उज्यालोका माध्यम हुन् ।
ऐतिहासिक आठराई क्षेत्रमा पर्ने तेह्रथुमका सात वटा गाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा जोडिएको छैन । हालको आठराई गाउँपालिकाको केन्द्रअर्थात् आठराईको मुख्य व्यापारिक केन्द्र सक्रान्ति बजार मात्रैमा पनि विद्युत् सुविधा पु¥याउने अभियान चलाएको वर्षौं बितेको छ । तर विद्युत् प्राधिकरणले आलटाल गरेरै टारिरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणको तेह्रथुम वितरण केन्द्रका प्रमुख इन्जिनियर दीपक दाहालले अब केही महिनाभित्रै सक्रान्तिबजारमा विद्युत् वितरण हुने बताउनुभयो । जिरिखिम्ती सव–स्टेसनदेखि मोराहाङको फिडरबाट सम्दु इसिवु हँुदै सक्रान्ति बजारमा ११ केभी ट्रान्सफर्मर राखेर विद्युत् विस्तारको तयारी अन्तिम पुगेको उनले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण