यो वर्षको पहिलो त्रैमासमा ओप्पो आर ९ एस सर्वाधिक लोकप्रिय
बिहीबार, २८ वैशाख २०७४, १९ : २१
काठमाडौं, बैशाख २८ – सन् २०१७ को पहिलो त्रैमासमा सर्वाधिक विक्रि हुन सफल एण्ड्रोइड स्मार्टफोन कुन हो ? धेरैको जवाफ सामसुङ, एलजी, हुआवे वा सियोमी हुने सम्भावना अधिक हुन्छ । तर, सोच विपरित यस पटक भने नतिजा निकै भिन्न आएको छ । रिसर्च फर्म स्ट्राटिजी एनालिटिक्सको प्रतिवेदन अनुसार यस पटक सर्वाधिक विक्रि हुन सफल फोनका रुपमा ओप्पोको आ९एस रहन सफल भएको छ ।
प्रतिवेदन अनुसार ८९ लाख प्रति फोन विक्रिका साथ ओप्पो सन् २०१७ को पहिलो त्रैमासमा सर्वाधिक लोकप्रिय फोनका रुपमा स्थापित हुन सफल भएको छ ।
रिसर्च फर्म स्ट्राटिजी एनालिटिक्सका अनुसार पछिल्लो त्रैमासमा २ करोड १५ लाख प्रति फोन विक्रिका साथ एप्पलको आइफोन ७ सर्वाधिक विक्रि हुन सफल स्मार्टफोन रहेको थियो । १ करोड ७४ लाख प्रति विक्रिका साथ दोस्रो स्थानमा आइफोनकै सेवेन प्लस रहेको थियो ।
उक्त त्रैमासमा ओप्पोको आर९एस तेस्रो स्थानमा रहेको थियो भने चौथो स्थानमा सामसुङका मिड रेञ्ज फोनहरु ग्यालेक्सी जेथ्री ६१ लाख प्रतिका साथ चौँथौँ र ग्यालेकसी जे फाइभ ५० लाख प्रतिका साथ पाँचौँ स्थानमा रहेको थियो ।
स्ट्राटिजी एनालिटिक्सका अनुसार ओप्पो चिनिया बजारमा निकै लोकप्रिय रहेको छ । साथै, भारतिय बजारमा ओप्पोको बढ्दो विक्रिले मिड रेञ्ज ओप्पो आर९एसको विक्रिमा उल्लेख्य बृद्धि ल्याउन प्रत्यक्ष रुपमा सघाएको छ ।
यसैगरी सन् २०१६मा ग्यालेकसी जे३ र जे५को उच्च विक्रि हुँदा ग्यालेक्सी नोट सेभेन ‘रिकल’का कारण भएको क्षती न्यूनिकरणमा समेत सहयोग पुगेको सम्भावना बारेपनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समग्रमा प्रतिवेदनले सन् २०१७को पहिलो त्रैमासमा वैश्विक बजारमा ३५ करोड ३३ लाख फोन ढुवानी गरिएको दावी गरेको छ । पछिल्लो बर्षको सोही समयमा भएको ३३ करोड ३१ लाख फोन ढुवानीको तुलनामा यो ६ दशमलव १ प्रतिशतले बृद्धि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
-
राप्रपा र राप्रपा नेपालबिचको एकता अवैध, आयोगले काट्यो पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण