बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

जेठ २ गतेको चुनावका लागि यी हुन नयाँ उम्मेदवार

शुक्रबार, २९ वैशाख २०७४, १२ : १६
शुक्रबार, २९ वैशाख २०७४

रत्ननगर (चितवन), २९ वैशाख । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा सुकराम चेपाङ (प्रजा) नयाँ उम्मेदवार बन्नुभएको छ ।

उनलाई  बिहीबार नै चुनाव चिह्नसमेत दिइएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए ।

सो वडामा दुई दिनपछि आगामी जेठ २ गते मतदान हुनेछ ।

वैशाख २६ गते वर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।

रिक्त रहेको ठाउँमा नयाँ उम्मेदवार आउनुपर्ने भएकाले निर्वाचन दुई दिन ढिला गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले वैशाख २८ गते उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी, चुनाव चिह्नसमेत प्रदान गरिएको जानकारी दिए । त्यो वडामा निर्वाचन कार्यतालिका सार्वजनिक भई जेठ २ गतेका लागि मतदान तोकिएकाले मौन अवधि लागू नभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानको दिनको ४८ घन्टा अघिसम्म उक्त वडामा मात्रै प्रचार गर्न उम्मेदवारलाई छुट रहेको छ । सात स्थानीय निकायमध्ये चितवनका पाँच नगरपालिकामा चेपाङको बसोबास बढी रहेको कालिका नगरपालिकामा ५७ जनप्रतिनिधिका लागि २४७ जनाको उम्मेदवारी परेको छ । जिल्लामा एक महानगर र एक गाउँपालिका छ । जिल्लाका अन्य क्षेत्रमा निर्वाचनको तयारी अन्तिममा पुगेको र मतदान केन्द्रमा बुथ बनाउने काम तीव्र भएको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप