अर्जुन कपुरसँगको सम्बन्धबारे मलाइकाको यस्तो जवाफ
एजेन्सी
मुम्बई, वैशाख २९ – वलिउड अभिनेता अर्जुन कपुसँग सम्बन्ध रहेको विषयमा भइरहेको हल्लाबाट मलाइका अरोराले आफू वाक्क भएको बताएकी छिन् ।
हालै मात्र एक कार्यक्रममा पत्रकारले उनलाई यसै बारेमा प्रश्न सोध्दा क्रुद्ध बनेकी थिइन् ।
उनले पत्रकारलाई हल्ला फैलाउनुभन्दा आफू आएको कार्यक्रमबारे प्रश्न गर्न सुझाव दिएकी थिइन् ।
भारतीय सञ्चार माध्यमका अनुसार मलाइका एक प्रबद्र्धनात्मक कार्यक्रममा सुजेन खान र विपासा वासुसँगै उपस्थिति थिइन् जब उनलाई यो प्रश्न सोधिएको थियो ।
‘साँच्चै यो प्रश्न सोध्ने रु’ उनले क्रुद्ध हुँदै भनिन्, ‘हामी यहाँ तीन जना अद्भूत महिलाहरु छौँ, त्यसको बारे कुरा गर्नुहोस् । बरु हामी तीन जना भेट्दा के हुन्छ भनेर सोध्नुहोस् । सबै जना हाँसिरहेका छन्, खुसी छन्, यसको बारेमा सोध्नुहोस् । अहिले यही कुरा रोचक छ । हल्ला फैलाउनुको औचित्य के ?’
गत वर्षको मे महिनाबाट अर्जुन र मलाइकाको सम्बन्धको बारेमा चर्चा चल्न सुरु भएको थियो ।
दुईजनालाई प्रायः एउटै कार्यक्रममा देख्न सकिन्थ्यो तर उनीहरु एउटै क्यामराको फ्रेममा नआउन निकै सजग रहन्थे ।
हालै नच बलियेमा अर्जुन र श्रद्धालाई बोलाइएको थियो । तर, सोनाक्षी सिन्हा नभएपछि उनको स्थानमा मलाइकालाई पनि पाहुना जजको रुपमा आमन्त्रण गरिएको थियो ।
उक्त कार्यक्रममा दुई जनाले खुलेर कुरा नगरेको बताइन्छ ।
केही समयअघि अर्जुन कपुरकै कारण मलाइका र अरबाज खानबीच सम्बन्ध विच्छेद भएको खबर पनि आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण