दुर्घटनामा एकको मृत्यु, एक घाइते
शुक्रबार, २९ वैशाख २०७४, १४ : ४७
हुम्ला, २९ वैशाख । सिमीकोट–चिसामूल हुँदै लाङ्नाबाट ढुङ्गा बोकेर आएको ट्र्याक्टर सदरमुकाम सिमीकोट ल्याउने क्रममा बिहीबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । कामको खोजीमा हुम्ला आउँदै गरेका बाजुरा गोत्री वडा नं ३ बस्ने ३२ वर्षीय जगत परियारको मृत्यु भएको छ भने सोही वडा बस्ने घाइते प्रेम दमैको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण