पाल्पाका युवा ब्यवसायी श्रेष्ठको हृदयघात भइ निधन
शुक्रबार, २९ वैशाख २०७४, १६ : ४४
पाल्पा, २९ वैशाख । पाल्पाका युवा ब्यवसायी राजेन्द्र श्रेष्ठ (राजु)को हृदयघात भइ निधन भएको छ ।
पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष एवं निर्माण व्यवसायी ४५ वर्षीय श्रेष्ठको हृदयाघात भइ निधन भएको हो । श्रेष्ठलाई नेपाली कांग्रेसले तानसेन नगरपालिकाको ४ नम्बर वडाको अध्यक्षको उम्मेदवार बनाउने विहीबार मात्रै निर्णय गरेको थियो ।
तानसेन नगरपालिका– ४ विशालबजार निवासी श्रेष्ठ ठेक्कापट्टा व्यवसायमा अघि बढेपनि पछिल्लो समयमा सामाजिक काममा सक्रिय थिए ।
शुक्रबार बुटवलस्थित घरमा रहेका श्रेष्ठलाई एक्कासी हृदयघात भएपछि उपचारको लागि गौतमबुद्ध सामुदायिक अस्पताल बुटवल लगिएको थियो । श्रेष्ठको पार्थिव शरीर तानसेन ल्याएर श्रद्धाञ्जली सभा गर्ने उद्योग वाणिज्य संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण