नवलपरासीमा नमुना मतदान
शुक्रबार, २९ वैशाख २०७४, १७ : ४१
परासी, बैशाख २९– स्थानीय तहको निर्वाचनमा बदर मत कम गर्न नवलपरासीमा नमुना मतदान गराइएको छ । नमुना मतदानले मतदाताहरुलाई ठीक ढंगबाट मतदान गर्न सहयोग पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नमुना मतदान कार्यक्रममा मतपत्रमा कसरी स्वास्तिक छाप हान्ने, मतपत्र पट्याउने र मतपेटिकामा मतपत्र खसाल्ने तरिका सिकाइएको थियो । कार्यक्रममा विभिन्न दलका उम्मेवार, मतदाता, दलका प्रतिनिधि र सरोकारवाला व्यक्तिहरुको उपस्थिती थियो ।
नवलपरासीमा दुई चरणमा निर्वाचन हुँदैछ । पहिलो चरणमा नवलपुर क्षेत्रको गंैडाकोट, देवचुली, बुङ्गिकाली, बुलिङ्गटार, कावासोती, हुप्सेकाट र त्रिवेणी बिनयी गरी ८ तहमा मात्र निर्वाचन हुँदैछ भने परासी क्षेत्रको रामग्राम, सुनवल, बर्दघाट, पाल्हीनन्द, सरावल, प्रतापपुर र कुडिया गरी ७ स्थानिय तहमा दोश्रो चरणमा निर्वाचन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण