सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवन कालिका नगरपालिका–११ मा मतदान सन्पन्न, ८१ प्रतिशत मत खस्यो

मङ्गलबार, ०२ जेठ २०७४, १८ : ५४
मङ्गलबार, ०२ जेठ २०७४
रत्ननगर (चितवन) , जेठ २ – पूर्वी चितवनको कालिका नगरपालिकामा आज मतदान सम्पन्न भएको छ । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएपछि स्थगित भएको चितवनको कालिका नगरपालिका–११ मा आज शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मतदान अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वडामा ८२० मतदाता रहेकामा ६६४ मत९८१ प्रतिशत खसेको शर्माले जानकारी दिनुभयो । मतगणनाको विषयमा आजैका लागि सर्वदलीय बैठक बोलाइएको र बैठकको निर्णयअनुसार मतगणनाका क्रम अघि बढ्ने शर्माले जानकारी दिनुभयो । वैशाख २६ गते वर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र) बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । सोही कारण यहाँ वैशाख ३१ मा मतदान रोकिएकाले आज मतदान भएको हो । मृतक सिफलको स्थानमा माओवादी केन्द्रले सुकराम चेपाङलाई उम्मेदवार बनाएको छ । दलित नभएकाले यहाँ दलित महिलामा भने कुनै उम्मेदवारी परेन । कालिका नगरपालिकामा २२ हजार ९८७ मतदाता रहेकामा यसअघि अन्य १० वडामा १७ हजार ९४३ मत खसेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप