सिन्धुली मरिण गाउँपालिकामा माओवादी केन्द्रको प्यानल नै विजयी
मङ्गलबार, ०२ जेठ २०७४, १९ : ००
सिन्धुली, जेठ २ – सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को प्यानल नै विजयी भएको छ ।
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पानिराज बम्जन चार हजार ७४१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । माओवादी केन्द्रकै उपाध्यक्ष पदका उम्मेदवार सङ्गीता माझीले चार हजार ५२५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।
यस्तै नेपाली काँग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नवराज श्रेष्ठ आकासले एक हजार ७४५, उपाध्यक्ष पदका उम्मेदवार विमला माझी एक हजार ८९२ र नेकपा एमाले र नयाँ शक्तिको संयुक्त प्यानलका नयाँशक्तिका एक बहादुर रानाले एक हजार ८६६ र नेकपा ९एमाले०की उपाध्यक्ष शर्मिला माझीले एक हजार ९७७ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रेसले सिन्धुलीको गोजन्जोर गाउँपालिका–२ मा दौलत कार्की ४७७, ५ मा वुद्धिबहादुर पाल्पाली खड्का ५३०, वडा नं ३ मा पुष्कर बरालले ४४२, फिकल गाउँपालिका–१ मा चेतबहादुर विश्वकर्मा ६००, कमलामाई नगरपालिका–१ मा महेश खतिवडा ९१५, दुधौली नगरपालिका–१ मा गोविन्द पहाडी ९५० र तीनपाटन गाउँपालिका–३ मा लालबहादुर स्याङ्तान ३९५ मत प्राप्त गर्दै निर्वाचिन भएका छन् ।
यस्तै नेकपा (एमाले) ले तीनपाटन गाउँपालिका–१ मा गोविन्द राउत ७६६, २ मा हेमबहादुर श्रेष्ठ ५१९, गोलन्जोर गाउँपालिका–४ मा वेगबहादुर मगर ६७६, फिकल गाउँपालिका–२ मा शंकरबहादुर भण्डारी ६७३, ३ मा टेकबहादुर रजनमगर ५७६, दुधौली नगरपालिका–३ मा साने धामी ६५०, सुनकोसी गाउँपालिका–३ मा भोजकुमार सिञ्जाली ३२७ र कमलामाई नगरपालिका–३ मा खड्गप्रसाद चौलागाई ३९१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।
यस्तै मरिण गाउँपालिका–१ मा हिराबहादुर गुर्मछान ६१६, वडा नं २ मा चन्द्रनाथ गौतम ६६७, वडा नं ३ मा विमर्श मोक्तान ६९३, वडा नं ४ मा धनबहादुर स्याङ्तान ८७८, वडा नं ५ मा प्रचार सिं बम्जन ४३१, वडा नं ६ मा कुरसाङ लामा ६२२ र वडा नं ७ मा राजन थापाले ७०५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । यस्तै माओवादी केन्द्रका गोलन्जोर गाउँपालिका–१ मा मीनबहादुर सुनुवार ५२८, हरिहरपुरगढी गाउँपालिका–१ मा कार्साङ घलान ६७६ र चन्द्रबहादुर राई ४२९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण