यस्तो छ, सल्यानमा दुई गाउँपालिकासहित ३७ स्थानीय तहको नतिजा
मङ्गलबार, ०२ जेठ २०७४, १९ : ३७
सल्यान, जेठ २ – सल्यानमा आइतबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । दुई गाउँपालिकासहित ३७ स्थानीय तहको मत परिणाम सार्वजनिक गरिएको छ ।
दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नीमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित हुनुभएको छ । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा तीन हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको हो । सो क्षेत्रमा नेपाली काँग्रेस र नेकपा९एमाले०बीच समीकरण गरिएको भए पनि माओवादी केन्द्र विजयी भएको हो ।
यसैगरी दामागाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा माओवादी केन्द्रका डिल्ली केसी, वडा नं ३ मा माओवादी केन्द्रका सेतीराम रोका, वडा नं ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, वडा नं ५ मा माओवादी केन्द्रका दुर्गा मल्ला र वडा नं ६ मा रामबहादुर केसी विजयी हुनुभएको छ ।
यसैगरी ढोरचौर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका चित्रबहादुर चलाउने विजयी हुनुभएको छ । उहाँले एक हजार ९२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
ढोरचौर गाउँपालिका–१ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत विजयी हुनुभएको छ । वडा नं २ मा माओवादी केन्द्रकै रुद्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ । यस्तै वडा नं ३ मा नेकपा एमालेका शालिकराम बुढाथोकी र वडा नंं ५ मा नन्दलाल बोहरा विजयी हुनुभएको छ । वडा नं ४ मा भने नेपाली काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथामार्फत काँग्रेसका दिनेश विएम विजयी हुनुभएको छ ।
यसैगरी वागचौर नगरपालिका–१ मा नेपाली काँग्रेसका नेत्रबहादुर डाँगी, वडा नं २ मा नेकपा एमालेका घनश्याम शर्मा विजयी हुनुभएको छ । यस्तै वडा नं। ३ मा माओवादी केन्द्रका टीकाराम खत्री, १२ मा नेकपा माओवादी केन्द्रका दीपक वली, वडा नं ११ मा मोहन खड्का र वडा नं १० मा कृष्णबहादुर खड्का विजयी हुनुभएको छ ।
यसैगरी शारदा नगरपालिका–१ मा नेकपा एमालेका नवराज बुढाथोकी, वडा नं २ मा टोपबहादुर थापा र वडा नं ३ मा केशव सिंह बुढाथोकी विजयी हुनुभएको छ । यस्तै वडा नं ४ मा नेपाली काँग्रेसका सुधन विष्ट, वडा नं ५ मा प्रदीप शाही र वडा नं ६ मा भिखराज बुढाथोकी विजयी हुनुभएको छ ।
यस्तै वनगाड कुपिण्डे नगरपालिका–१ मा नेकपा एमालेका शान्तकुमार यरी, वडा नं १२ मा गोविन्द डाँगी विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा माओवादी केन्द्रका प्रतिमल रोकाय विजयी हुनुभएको छ ।
यस्तै कपुरकोट गाउँपालिका–१ मा माओवादी केन्द्रका बालाराम खड्का र वडा नं २ मा मानबहादुर राना विजयी हुनुभएको छ । यस्तै वडा नं ३ मा नेपाली काँग्रेसका मीनबहादुर सेन विजयी हुनुभएको छ ।
यसैगरी त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा नेपाली काँग्रेसका मेघराज खड्का विजयी हुनुभएको छ । यसैगरी छत्रेश्वरी गाउँपालिका–१ मा नेपाली काँग्रेसका नेवबहादुर शाह, वडा नं २ माओवादी केन्द्रका प्रेमबहादुर खड्का विजयी हुनुभएको छ । यस्तै वडा नं ३ मा नेकपा एमालेका राजबहादुर वुढाथोकी विजयी हुनुभएको छ ।
यसैगरी कालीमाटी गाउँपालिका–७ मा नेपाली काँग्रेसका नैनसिंह राना, वडा नं ६ मा माओवादी केन्द्रका टेकबहादुर थापा पुलामी र वडा नं ५ मा नेकपा एमालेका चन्द्रबहादुर गाह विजयी हुनुभएको छ ।
शारदा नगरपालिकामा मत गणना रोकियो
यसैबीच शारदा नगरपालिकामा भइरहेको मत गणना केहीबेर अघिदेखि रोकिएको छ । मत हराएको विषयमा नेकपा एमालेले मत गणना बहिष्कार गरेपछि मत गणना प्रभावित भएको छ । यस विषयमा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको छ ।
कुमाख मालिका गाउँपालिकामा मतदान सम्पन्न
कुमाख मालिका गाउँपालिकामा स्थगित भएको मतदान सम्पन्न भएको छ । कुमाख गाउँपालिका–७ मा नेपाली काँग्रेसका वडा सदस्य उम्मेदवार दलबहादुर राणाको घरको छतबाट खसेर मृत्यु भएपछि स्थगित भएको निर्वाचन आज सम्पन्न गरिएको हो । अहिले मतपेटिका केन्द्रमा ल्याउने तयारी भएको र आजै बेलुकादेखि मत गणना गरिने बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण