सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भरतपुर महानगरमा मतगणना १० ठाउँबाट गरिने

मङ्गलबार, ०२ जेठ २०७४, १९ : ३९
मङ्गलबार, ०२ जेठ २०७४
चितवन, जेठ २ – भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएपछि आज रातिबाट मतपत्र मिलाउने र गन्ने काम १० ठाउँमा गरिने भएको छ । हालसम्म गन्ने र मिलाउने काम तीन ठाउँमा गरिंदै आएको थियो । एक ठाउँमा मिलाउने र दुई ठाउँमा गनिँदै आएकोमा गणनामा ढिलाई भएपछि जनशक्ति थप गरी धेरै ठाउँमा गणनाको काम गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार छ ठाउँमा मिलाउने र चार ठाउँमा गन्ने काम गरिँदैछ । गणनाको अन्तिम चरणमा पुगेको वडा नं। १ को गणना सकिएसँगै दश ठाउँमा गणनाको काम गर्न लागिएको हो । गणना धेरै ठाउँमा गर्दा मुख्य निर्वाचन अधिकृतले मात्रै अनुगमन गर्न नभ्याउने हुँदा प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत, स्थानीय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारीले सहयोग गर्ने सहमति भएको छ । मतपत्र मिलाउने ठाउँमा हरेक दलका दुई दुई जना र गणना गर्ने ठाउँमा उम्मेदवारसहित दुई दुई जना प्रतिनिधि रहने व्यवस्था गरिएको प्रजिअ भट्टले बताउनुभयो । यसैबीच भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले० का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै छ । उहाँले १ हजार ३७३ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रकी रेणु दाहालले ९८७ र राप्रपाका बद्री तिमिल्सिनाले ९० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती शाहले एक हजार १८७ मत पाउनुभएको छ भने एमालेकी दिव्य शर्मा आचार्यले एक हजार १०८ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी रिना गुरुङले १०८ मत पाउनुभएको छ । भरतपुर महानगरपालिकाको वडा नं। १ बाट गणना थालिएकोमा आज दिउँसोबाट वडा नं। २ को समेत मतगणना सुरु गरिएको छ । हालसम्म प्राप्त नतिजा वडा नं। १ को हो । सो वडामा वडा अध्यक्ष र सदस्यमा नेकपा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । भरतपुर महानगरपालिकामा एक लाख १२ हजार सातसय मत खसेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप