सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ, सिन्धुपाल्चोकमा त्रिपक्षीय प्रतिष्पर्धा

मङ्गलबार, ०२ जेठ २०७४, २० : २०
मङ्गलबार, ०२ जेठ २०७४
सिन्धुपाल्चोक, जेठ २ – जिल्लाको विभिन्न २९ वटा वडाको मतगणना सकिँदा हालसम्म नेकपा (एमाले), माओवादी केन्द्र र काँग्रेसबीच कडा प्रतिष्पर्धा देखिएको छ । २९ वडाको मत परिणाम सार्वजनिक हुँदा एमालेले ११, काँग्रेसले १०, माओवादी केन्द्रले सात र राप्रपाले एउटा वडा जितेका छन् । जिल्लामा विजयी भएकामा मेलम्ची नपा–१ एमाले, बलेफी गापा–१ एमाले, बाह्रविसे नपा–१, काँग्रेस, हेलम्बु गापा–१ काँग्रेस, मेलम्ची नपा–२, एमाले, चौतारा नपा–३ एमाले, जुगल गापा–१, एमाले, चौतारा नपा–४, माओवादी केन्द्र, चौतारा नपा–२ राप्रपा, बलेफी गापा–२ मा काँग्रेस विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी बलेफी गापा–३, माओवादी केन्द्र, चौतारा नपा–१, एमाले, भोटेकोसी गापा–१ काँग्रेस, हेलम्बु गापा–२ एमाले, लिसङ्खुपाखर गापा–१, माओवादी केन्द्र, लिसङ्खुपाखर गापा–२ एमाले, लिसङ्खुपाखर गापा–३, माओवादी केन्द्र, सुनकोसी गापा–१ काँग्रेस, त्रिपुरासुन्दरी गापा–१ कांग्रेस, मेलम्ची नपा–३, काँग्रेस, पाँचपोखरी गापा–७ एमाले, पाँचपोखरी गापा–८ एमाले, बाह्रविसे नपा–२ काँग्रेस, भोटेकोसी गापा–२ दीपेन्द्र श्रेष्ठ, जुगल गापा–२ माओवादी केन्द्र, मेलम्ची नपा–४, काँग्रेस, बलेफी गापा–४ माओवादी केन्द्र, मेलम्ची नपा–५, एमाले र हेलम्बु गापा–३ म काँग्रेस विजयी भएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप