भरतपुर महानगर १ मा कांग्रेस उम्मेदवार विजयी
मङ्गलबार, ०२ जेठ २०७४, २० : ४१
चितवन, जेठ २– आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ ।
भरतपुर १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जयराम श्रेष्ठ विजयी भएका छन् । कांग्रेसका श्रेष्ठले ११५८ र एमालेकी गीता श्रेष्ठले ११४० मत प्राप्त गरिन् ।
मेयरमा एमालेका देवी ज्ञवालीकै अग्रता
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको तालमेलमा भएको भरतपुर महानगरको निर्वाचनलाई निकै चासोले हेरिएको छ ।
माओवादी–कांग्रेसबीच तालमेल भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले गठबन्धनको उम्मेदवार रेणु दाहाललाई लिड गरेका छन् ।
मतगणना सम्पन्न भएको १ नम्बर वडामा कांग्रेसका उम्मेदवारले वडाध्यक्षका उम्मेदवारले जिते पनि मेयरका उम्मेदवार दाहाल एमाले उम्मेदवार भन्दा पछाडि परेकी छन् ।
पछिल्लो मतगणनाअनुसार एमालेका मेयरपदका उम्मेदवार देवी ज्ञवाली एक हजार ५ सय १३ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले एक हजार १ सय ३५ मत प्राप्त गरेकी छन् ।
राप्रपाका उम्मेदवार बद्री तिमिल्सिनाले वडा नम्बर १ बाट मात्र ९९ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरतर्फ माओवादी समर्थनकी कांग्रेसकी उम्मेदवार पार्वती शाहले १४०१ मत प्राप्त गरेकी छन् । एमालेकी दिव्या शर्माले एक हजार एक सय ८८ मत प्राप्त गरेकी छन् भने राप्रपाकी रिना गुरुङले ११९ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण