सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भरतपुरमा देवी ज्ञवालीको अग्रता कायमै, रेणुलाई अन्तरघात

मङ्गलबार, ०२ जेठ २०७४, २१ : ०७
मङ्गलबार, ०२ जेठ २०७४
चितवन, जेठ २– भरतपुर महानगरपालिका वडा नम्बर १ को गणना सम्पन्न हुँदा मेयरका एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् । एमालेका ज्ञवालीले २४५९ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १६२९ मत प्राप्त गरेकी छन् । कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु पछाडि परे पनि सोही गठबन्धनका कांग्रेस उम्मेदवार जयराम श्रेष्ठ भरतपुर १ मा वडाध्यक्षमा विजयी भएका छन् । यसले दाहाललाई भोट नदिएर गठबन्धनले अन्तर्घात गरेको आशंका गरिएको छ । त्यस्तै उपमेयरतर्फ माओवादी–कांग्रेसका गठबन्धनबा कांग्रेसकी पार्वती शाहले १४०१ मत ल्याएकी छन् भने एमालेका दिव्या शर्माले ११८८ प्राप्त गरेकी छन् । भरतपुर महानगर १ मा कांग्रेसका श्रेष्ठ विजय भएसँगै कांग्रेस कार्यकर्ताले विजय जुलुस निकालेका छन् । कम्युनिष्ट बाहुल्यता रहेको १ नम्बर वार्डमा माओवादीसँगको गठबन्धनकै कारण कांग्रेस उम्मेदवार विजयी भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप