गोरखाको चुमनुब्री गाउँपालिकामा काँग्रेस विजयी
मङ्गलबार, ०२ जेठ २०७४, २१ : २४
गोरखा, जेठ २ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाक्पा डुण्डुप लामालाई हराउँदै गुरुङ गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो ।
गुरुङले एक हजार २५३ मत ल्याउनुभएको हो भने लामाले एक हजार १८५ मत ल्याउनुभएको निर्वाचन अधिकृत हरिहर दाहालले जानकारी दिनुभयो । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी कुमारी गुरुङ विजयी हुनुभएको छ । गुरुङले एक हजार २८५ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी छेवाङ लामाले ९८८ मत ल्याउनुभएको हो ।
चुमनुब्री गाउँपालिकाको सामागाउँ, ल्हो, बिही, छेकम्पार वडा काँग्रेसले जितेको छ । यस्तै प्रोक, चुम्चेत र सिर्दिवास वडा नेकपा माओवादी केन्द्रले जितेको छ । कुल मतदाता तीन हजार ८६९ रहेको चुमनुब्रीमा दुई हजार ९०० मत खसेको थियो ।
गोरखामा काँग्रेस अगाडि
दुई नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखाको स्थानीय तहमा मतगणना तीव्ररुपमा भइरहेको छ । आज साँझसम्म नेपाली काँग्रेसले एक गाउँपालिकासहित १७ वडामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले ९ वडा, एमालेले ६ र नयाँ शक्तिले २ वडामा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण