सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँचखाल नपा–५ मा माओवादी र ४ मा काँग्रेस विजयी

बुधबार, ०३ जेठ २०७४, ०८ : ५२
बुधबार, ०३ जेठ २०७४
काभ्रे - काभ्रे जिल्लाको पाँचखाल नगरपालिका –४ मा नेपाली काँग्रेस र ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । पाँचखाल–४ मा नेपाली काँग्रेसका तर्फबाट सुन्दर तामाङ ७१५ मत ल्याएर विजयी भएका छन् भने ५ मा नेकपा माओवादी केन्द्रका बालकृष्ण सापकोटा ४२३ मत ल्याएर विजयी भएका हुन् । वडा नम्बर ४ मा तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का गणेश नेपाल ४७९ मत ल्याई दोस्रो भएको हुन् भने वडा नम्बर ५ मा एमालेकै सीताराम ढुङ्गाना ४१८ मतले दोस्रो भएका छन् । वडा नम्बर ४ मा महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट सञ्जिता दनुवार विजयी हुनुभएको छ । त्यसैगरी, काँग्रेसबाट नै दलित महिला सदस्यमा जमुना विश्वकर्मा, पहिलो सदस्यमा कृष्णबहादुर राई र दोस्रो सदस्यमा निरबहादुर लामा विजयी भए । वडा नम्बर ५ मा एमालेबाट महिला सदस्यमा चित्रकुमारी सापकोटा, दलित महिला सदस्यमा जमुना मिजार सार्की, पहिलो सदस्यमा टोकबहादुर सापकोटा र दोस्रो नम्बर सदस्यमा भोटु गिरी विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप