युके समाज तेह्रथुमद्धारा अग्निपीडितलाई रु १५ लाख
बुधबार, ०३ जेठ २०७४, ०९ : ०५
तेह्रथुम - तेह्रथुम-युके समाजले आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारका अग्निपीडितलाई रु १५ लाख राहत वितरण गरेको छ । समाजले तेह्रथुममा जन्मिएर हाल बेलायत युकेमा कार्यरतबाट सङ्कलन गरेको राहत रु १५ लाख ४८ अग्निपीडित परिवारलाई वितरण गरेको हो ।
आगलागीबाट घर पसल जलेकालाई प्रतिपरिवार रु ६० हजार, घरमात्र जलेकालाई प्रतिपरिवार रु ५० हजार, एकै परिवारका दुईवटा घर भएकालाई रु ७५ हजार, ‘क’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु ४० हजार, ‘ख’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु २० हजार, ‘ग’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु १५ हजार र ‘घ’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु पाँच हजारका दरले राहत रकम प्रदान गरिएको समाजका प्रतिनिधि ताराप्रसाद लिम्बूले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा तेह्रथुम–युके समाजका ताराप्रसाद लिम्बू, सुनसरी–युके समाजका मोहनचन्द्र लिम्बू, आठराई भगवती यातायात व्यवसायी सङ्घका महासचिव महेन्द्र विमलीलगायतले मन्तव्य राखेका थिए । अग्निपीडितले युकेवासी नेपालीलाई धन्यवाद भनेका छन् । गत पुस १ गते सक्रान्तिबजारमा आगलागी हुँदा २९ घर र तीन टहरामा क्षति पुगेको थियो ।
आगलागीबाट ७३ परिवार विस्थापित हुँदा रु १४ करोडभन्दा बढीको क्षति भएको थियो । अग्निपीडितका लागि राहत कोषमा हालसम्म रु ६० लाख जम्मा भएको छ । तर प्रशासनले बनाएको मापदण्डमा पीडितले राहत बुझ्न नमानेपछि राहतको रकम कोषमै थन्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण