मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

पत्रकार रामहरि कार्कीलाई ज्यान मार्ने धम्की

बिहीबार, ०३ फागुन २०७४, १५ : ३३
बिहीबार, ०३ फागुन २०७४

ललितपुर-गाउँपालिकाको जनप्रतिनिधिले पत्रकार रामहरि कार्कीलाई ज्यान मार्ने धम्की दिएका छन् ।

माघ २८ गते  'दैनिकीन्युज' नामक अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर महाकांल गाउँपालिका वडा नं. ४ का एमालेबाट निर्वाचित वडा अध्यक्ष शान्ताप्रसाद गौतमले ज्यान मार्ने धम्की दिएकाे कार्कीले बताए । 
 “झोलामा कार्यालय, गाउँ नै जाँदैनन् जनप्रतिनिधि” शीर्षकमा समाचार प्रकाशन गरेपछि उनले धम्की दिएकाे कार्कीकाे भनाई  छ ।  समाचार प्रकाशित विषयलाई चित्त नबुझे सम्बधित निकाय प्रेस काउन्सिल तथा अदालत जान पटक पटक आग्रह गर्दा कुरै नसुनी जहाँ भेट्यो त्यहाँ मारिदिने चेतावनी दिएकाे पनि उनले बताए । 

यस सम्बन्धमा अाफूले नेपाल पत्रकार महासंघ ललितपुर र चापागाउँ, सातदोबाटो प्रहरी वित्तलाई जानकारी गराएकाे कार्कीले बताए । 

यसैबीच नेपाल पत्रकार महासंघ  ललितपुरले धम्की प्रति आफ्नो ध्यानकर्षण भएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप