मोटरसाइकल ट्रलीमा ठोकिँदा एकको मृत्यु, एक घाइते

समाचार सारांश
- रौतहटको गरुडामा ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ, अर्का एक घाइते।
- मृत्यु हुनेमा कटहरियाका २० वर्षीय संजय साह छन्, भने घाइते राजन ठाकुरको अवस्था सामान्य रहेको छ।
- दुर्घटनामा इँटा लोड भएको ट्याक्टर सडकमै बिग्रिएर रोकिएको थियो, प्रहरीले ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिएको छ।
रौतहट । रौतहटको गरुडास्थित कटहरिया सडकखण्डमा गएराति रोकिराखिएको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा कटहरिया नगरपालिका–१, भसेडवाका २० वर्षीय संजय साह रहेका छन्। उनी पनिलाल साहका छोरा हुन्। मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ वर्षीय राजन ठाकुर घाइते भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिए।
ना ६ त ८१०६ नम्बरको ट्याक्टर ईँटा लोड गरी दुद्यीयाभार चौक नजिकै कालोपत्रे सडकमै बिग्रिएर रोकिराखिएको थियो। उक्त ट्याक्टरमा गरुडाबाट घरतर्फ जाँदै गरेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल गएराति करिब १० बजे ठोक्किएको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा डाक्टरले संजय साहलाई मृत घोषणा गरेका थिए। घाइते ठाकुरको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
दुर्घटनामा परेका मोटरसाइकल र ट्याक्टर दुवैलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ। ट्याक्टरको मालिक र चालक को हुन् भन्ने बारे खोजी कार्य तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचारः रातोपाटी १२ वसन्त पार, नेपालको शान्दार जित
-
विश्व कप लिग २ः नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित
-
रातोपाटीको १२औँ वार्षिकोत्सव मनाइयो, तस्बिरहरू
-
म रातोपाटीको नियमित पाठक हुँ : प्रधानमन्त्री
-
रातोपाटीले नेपाली समाजको यथार्थलाई तथ्यपरक ढङ्गले पस्किने काम गरेको छ : नारायणकाजी श्रेष्ठ
-
मिडिया आलोचनात्मक बनेन भने उसले आफ्नो धर्म निर्वाह गर्न सक्दैन: डा भट्टराई