शुक्लागण्डकीमा काँग्रेस र भिमाद नपा र घिरिङ गापामा एमाले विजयी
बिहीबार, ०४ जेठ २०७४, २२ : २६
दमौली, जेठ ४ – शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका किसान गुरुङ तथा भिमाद नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का मेखबहादुर थापा विजयी भएका छन् ।
किसान गुरुङ नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामचन्द्र उपाध्यायले आठ हजार सात सय ५ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै उपप्रमुखमा एमालेकी सविता रसाइलीले आठ हजार नौ सय ८३ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) की सर्वदा खनालले सात हजार चार सय ३६ मत प्राप्त गरेका थिइन् ।
शुक्लागण्डकीका १२ वडामध्ये ७ वटामा एमाले, ३ वटामा काँग्रेस र २ वडामा माओवादी केन्द्र विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै मेखबहादुर थापाले छ हजार चार सय ६४ मत प्राप्त गरी भिमाद नगरपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्प पराजुलीले छ हजार ८० मत प्राप्त गर्नुभएको थियो ।
उपप्रमुखमा एमालेकै शारदा खनालले छ हजार सात सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी काँग्रेसका इन्दिरा खनालले पाँच हजार सात सय ७७ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका रनबहादुर रानाले तीन हजार ७३० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुवीर थापाले दुई हजार आठ सय १९ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा एमालेकै सरस्वती घिमिरे तीन हजार सात सय १३ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्जला अर्यालले दुई हजार सात सय ६२ मत प्राप्त गर्नुभएको थियो ।
तनहुँका दस वटा स्थानीय तहमध्ये नौ वटा तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । भानु नगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत शिवप्रसाद लम्सालले बताउनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण