मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
सारांश
- कानेपोखरी चोकमा रहेको मन्दिरका सामान चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीले उनीहरूको साथबाट नगद, स्कुटर, र विभिन्न चोरीका सामान बरामद गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले सावायाहाङ किराँत महिम मन्दिरबाट सामान चोरी गरेको स्वीकार गरेका छन्।
विराटनगर। मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ५ कानेपोखरी चोकमा मन्दिरका सामान चोरी गर्ने तीन जना पक्राउ परेका छन्।
शुक्रबार राति अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
शङ्का लागेर सोधपुछ तथा अनुसन्धान गर्दा उनीहरूको साथबाट विभिन्न चोरीका सामान फेला परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ७ बस्ने ३१ वर्षीय दिवस दर्जी, २६ वर्षीय विवेक विश्वकर्मा र १८ वर्षीय अर्जुन दर्जी रहेका छन्।
उनीहरूको साथबाट नगद ६६५ रुपैयाँ र को ३४ प ५७७९ नम्बरको स्कुटर एक थान बरामद गरिएको छ। यसैगरी ढकी डलर ६२ थान, तामाको कलश ६० थान, घण्टी १२ थान, तामाको दियो ४६ थान, तामाको थाली ३ थान र पिलास १ थान फेला परेको छ। प्रहरीले उनीहरूको साथबाट फलामको हाते हम्बर १ थान र ताला फुटाउने फलामको रड १ थान समेत बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरूलाई सूक्ष्म तरिकाले सोधपुछ गर्दा उक्त सामानहरू सावायाहाङ किराँत महिम मन्दिरबाट चोरी गरी ल्याएको खुलेको छ। सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण