शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अपडेटः २१७ स्थानको नतिजा प्रकाशितः कसको कति ?

बिहीबार, ०४ जेठ २०७४, २३ : ३१
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं, जेठ ४– स्थानीय तहको मतगणनाको परिणाम आउने क्रम जारी छ । वैशाख ३१ गते सम्पन्न २ सय ८३ स्थानीय तहमध्ये अहिलेसम्म २ सय १७ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार एमालेले आफ्नो अग्रता कायम राखेको छ भने नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । पछिल्लो परिणामअनुसार एमालेले ८६ स्थानमा विजयी हासिल गरेको छ भने ३२ स्थानमा अग्रता कायम राखेको छ । यस्तै, नेपाली काँग्रेसले अहिलेसम्म ८३ स्थानमा जित हासिल गरेको छ भने २७ स्थानमा अगाडि छ । माओवादी केन्द्रले भने अहिलेसम्म ४२ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अग्रता कायम राखेको छ । तीन स्वतन्त्रसहित नयाँ शक्ति, राप्रपा र राष्ट्रिय जनमोचाले एक एक स्थानमा जिेतका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप