शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युत् चोरी गर्ने नौजना पक्राउ

शुक्रबार, ०५ जेठ २०७४, ०८ : १८
शुक्रबार, ०५ जेठ २०७४
लहान  - अङकुसे लगाई विद्युत् चुहावट गर्ने नौजनालाई बिहीबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले कार्वाही गरेको छ । विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ परेका नौजनाबाट रु ६४ हजार जरिवाना असुल गरेको छ । टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेका नर्घी, बडहरी, पोखरभिन्डालगायत स्थानबाट नौजना पक्राउ गरेको विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी लिए । पक्राउ परेकाबाट खेतमा सिँचाइ गर्ने र पानी तान्ने मोटर १९, पङ्खा एक, एलइडी टिभी एक थानलगायत सामग्रीसमेत बरामद गरिएको प्रमुख यादवले बताए । लहान इलाकामा करिब ४०।४४ प्रतिशतभन्दा बढी विद्युत् चुहावट भइरहेकाले अनुगमनमा कडाइ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । गतसाता पनि विद्युत् प्राधिकरण कार्यालय लहानले विद्युत् चुहाबट गर्ने १९ जनालाई पक्राउ गरी कार्वाही गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप