हावाहुरीले चारसय बिघा बढिको बालीमा क्षति
शुक्रबार, ०५ जेठ २०७४, ०८ : २६
बनियानी झापा - गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ ।
जिल्ला कृषि कार्यालय झापाले २५० बिघा चैते धान, ६० बिघा मकै र अन्य ९० बिघामा लगाइएको बाली नष्ट भएको जनाएको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले क्षतिको यकिन विवरण लिन प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको बताए ।
हावाहुरी प्रभावित क्षेत्रका घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखा तथा सशस्त्र प्रहरी बल बैगुनधुराले १६० थान त्रिपाल प्रदान गरेको नेपाल रेडक्रस सभापति लोकराज ढकालले जानकारी दिए ।
हावाहुरीले गौरादह, शिवसताक्षी, कमल गाउँपालिका र गौरीगन्जका करिब २०० वटा घरमा पूर्णरूपमा र करिब ३०० घरमा आंशिक क्षति भएको बताए । हावाहुरीका कारण १७ जना घाइतेसमेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण