उम्मेदवारका आकांक्षीलाई निर्वाचन शिक्षा
शुक्रबार, ०५ जेठ २०७४, ०८ : ३६
धनगढी - यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकांक्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मतपत्र बदर देखिएको परिप्रेक्ष्यमा मतदातामाझ मतदाता शिक्षाबारे चेतना अभिवृद्धि गराउने र उम्मेदवारको काम, कर्तव्य, अधिकार, निर्वाचन आचारसंहितालगायत विषयमा प्रशिक्षित गराउन उम्मेदवारका आकाङ्क्षीलाई प्रशिक्षण दिन थालिएको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले बताए ।
यसै क्रममा यहाँ बिहीबार आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षणमा निर्वाचन कार्यालयका कर्मचारीले निर्वाचन आचारसंहिता, निर्वाचन कानुन, मतपत्र बदर हुने÷नहुने अवस्थालगायत विषयमा प्रकाश पार्नुभएको थियो । सहभागीलाई प्रशिक्षक महेश दाहालले प्रशिक्षण दिइरहेका छन् ।
यसैबीच, दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेकपा माओवादी केन्द्रले पार्टीका तर्फवाट स्थानीय तहमा उठाउने उम्मेदवारका टुङ्गो वैशाखमा नै लगाइसकेको छ ।
यस्तै, नेकपा एमालेले कैलालीको धनगढी उपमहानगरबाहेकका स्थानीय तहमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । नेपाली काँग्रेस, राप्रपालगायत अन्य दलले अहिलेसम्म उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरिसकेका छैनन् ।
आगामी केही दिनभित्र उम्मेदवारको टुङ्गो लगाउने गरी तयारी गरिएको काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए । निर्वाचनको तयारीका क्रममा विभिन्न दलका नेता तथा कार्याकर्ताले आफ्नो पक्षमा माहोल बनाउन चुनावी सभा तथा भेला गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचन पहिलो चरणमा तीनवटा प्रदेशमा वैशाख ३१ गते सम्पन्न भएकोमा आगामी जेठ ३१ गते बाँकि चारवटा प्रदेशमा हुन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण