पर्वतमा एमाले चार र काँग्रेस तीन स्थानमा
शुक्रबार, ०५ जेठ २०७४, ०८ : ४२
फलेवास पर्वत - गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना पर्वतमा सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार बिहीबार साँझ पर्वतका सातवटै स्थानीय तह र ६१ वटै वडाको मतपरिणाम सार्वजनिक भइसकेको हो । पछिल्लो परिणामअनुसार नेकपा ९एमाले०ले एक नगरपालिका र तीन गाउँपालिका गरी चार तहमा जित हात पारेको छ भने नेपाली काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिकासहित तीन तहमा विजयी भएको छ ।
पर्वतमा नेकपा ९एमाले० र काँग्रेसबीच नै प्रतिस्पर्धा भएको थियो । कुश्मा नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभयो । उहाँले आठ हजार ५७ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ सुवेदीले सात हजार २३९ मत प्राप्त गरेका थिए ।
कुश्मा नगरपालिकाको उपप्रमुखमा नेकाकै सीता काफ्ले लामिछानेले आठ हजार ४१९ मत प्राप्त गरी विजयी भएको छ । उन्काी प्रतिस्पर्धी नेकपा एमालेकी मुवादेवी शर्माले सात हजार २३ मत प्राप्त गरे ।
फलेवास नगरपालिकामा नेकपा एमालेका पदमपाणि शर्माले ६ हजार १०३ मत प्राप्त गर्दै प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका गङ्गाधर तिवारीले पाँच हजार ६५५ मत प्राप्त गरे । उक्त नगरपालिकाको उपप्रमुखमा एमालेकै मञ्जु अधिकारीले पाँच हजार ९५४ मत प्राप्त गर्दै विजयी भए, भने उहाँकी प्रतिस्पर्धी नेकाकी रेखा गुरुङले पाँच हजार ६४९ मत प्राप्त गरेको छ ।
दक्षिणको महाशिला गाउँपालिकामा नेकपा ९एमाले०का राजु पौडेल दुई हजार ४५३ मत प्राप्त गर्दै विजयी भए । उहाँका प्रतिस्पर्धी नेकाका उज्जवल गुरुङले दुई हजार १० मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा ९एमाले०कै हिरादेवी थापा दुई हजार ४८२ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकाकी सृजना मल्ल ठकुरीले एक हजार ९९१ मत प्राप्त गरे ।
त्यसैगरी, बिहादी गाउँपालिकाको प्रमुखमा एमालेका कमल भुषालले दुई हजार ४२० मत प्राप्त गर्दै विजयी भए । उन्का निकटतम प्रतिद्वन्द्वी नेकाका प्रवीण गुरुङले दुई हजार २१७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी डम्मरकुमारी गुरुङ विजयी भए । उन्ले दुई हजार ३१५ मत प्राप्त गरे भने नेकाकी विष्णुकुमारी खड्काले दुई हजार २८९ मत पाएका थिए ।
मोदी गाउँपालिकामा एमालेका प्रेमप्रसाद पौडेलले पाँच हजार ६३४ मत प्राप्त गर्दै विजयी भए । उन्का प्रतिस्पर्धी नेकाका विश्वप्रकाश प्रसाईंले तीन हजार ८१९ मत पाउनुभएको थियो । उपाध्यक्षमा एमालेकै सेती महतले पाँच हजार ३९९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकाकी मीना केसीले तीन हजार ८३४ मत पाएका थिए ।
उत्तरी पर्वतको जलजला गाउँपालिकाको प्रमुखमा नेकाका यामबहादुर मल्लले तीन हजार ७३३ मत पाउँदै विजयी भए । उन्का प्रतिस्पर्धी नेकपा ९एमाले०का लालबहादुर अधिकारीले तीन हजार ६८ मत पाए । उपप्रमुखमा काँग्रेसकी सीमा पुनले तीन हजार ६८८ मत प्राप्त गर्दै विजयी हुनुभयो भने एमालेकी अनिता शर्माले तीन हजार ६५७ मत पाए ।
दक्षिण पर्वतको पैँयू गाउँपालिकाको प्रमुखमा नेकाका खगेन्द्र तिवारी विजयी भए । तिवारीले तीन हजार ४३१ मत पाउँदा एमालेका मित्रलाल बस्यालले दुई हजार ४४५ मत पाए ।
उपाध्यक्षमा पनि नेकाकी जसमति गुरुङले तीन हजार १६८ मत प्राप्त गर्दै विजयी हुनुभयो भने एमालेकी गोमताकुमारी शर्माले दुई हजार ४८४ मत पाएका थिए ।
पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाका ३७ वटा वडामा एमाले विजयी भएको छ भने २० वडामा काँग्रेस र ४ वडामा माओवादी केन्द्र विजयी भएको छ । पहिलो चरणको मतगणना सम्पन्न भइसकेपछि जिल्ला सभाको तयारीमा लागेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण