पाँचखालको नगर प्रमुखमा काँग्रेस
शुक्रबार, ०५ जेठ २०७४, ०८ : ५३
काभ्रे - काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । पाँचखालमा नेपाली काँग्रेसबाट नगर प्रमुख पदमा महेश खरेलले सात हजार ३५६ मत ल्याई विजयी भए । त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर बानियाँले छ हजार ८०० मत ल्याए ।
त्यसैगरी, उपप्रमुखमा नेकाबाट नै लक्ष्मी दनुवारले सात हजार २६ मत ल्याई विजयी भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेबाट भक्तकुमारी लामाले छ हजार ६२२ मत प्राप्त गरे ।
यस्तै, बनेपा नगरपालिका वडा नं १० मा काँग्रेसबाट मोहनबहादुर भण्डारीले एक हजार २७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का दिवाकर प्रजापतिले ९१९ मत ल्याउनुभयो । त्यस्तै, बनेपा–११ मा वडाध्यक्षमा नेपाली काँग्रेसबाट तारामान लामा ७९४ मत ल्याई विजयी भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०बाट मुकुन्द अर्यालले ७११ मत प्राप्त गरे ।
त्यसैगरी, मण्डन देउपुर नगरपालिका–९ मा एमालेको पूरै समूह विजयी भएको छ । एमालेबाट वडाध्यक्षमा जितबहादुर तामाङ ७९३ मत ल्याई विजयी भए । भने उन्का निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सीताराम श्रेष्ठले ७२५ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण