शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माडी नगरपालिकामा माओवादी केन्द्र विजयी

शुक्रबार, ०५ जेठ २०७४, ०९ : ०५
शुक्रबार, ०५ जेठ २०७४
चितवन - माडी नगरपालिकाको प्रमुख पदमा ठाकुरप्रसाद ढकाल विजयी भएका छन् । उनले तीन हजार ८७३ मत ल्याएर विजयी हुनुभएको हो । नेपाली काँंग्रेसका खेमप्रसाद महतोले तीन हजार ८२९ मत ल्याउनु भएको थियो । ४४ मतको अन्तरले ढकाल विजयी भएको निर्वाचन अधिकृत इन्द्रकुमारी थपलियाले जानकारी दिए । उपप्रमुखमा नेकपा ९एमाले०का ताराकुमारी काजीमहतो विजयी हुनुभएको छ । उहाँले चार हजार ६९० मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धीमा माओवादी केन्द्रकी सरिता महतोले तीन हजार ८०४ मत प्राप्त गरेका थिए । नौवटा वडा रहेको माडीमा एमालेले वडाध्यक्षमा ३, ६, ७, ८ र ९ नं वडामा जितेको छ । माओवादी केन्द्रले २ र ४ नं वडामा वडाध्यक्ष जितेको छ । काँग्रेसले १ नं वडामा वडाध्यक्ष जितेको छ । २१ हजार ६७२ मतदाता रहेको यो नगरपालिकामा १६ हजार ३७१ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप