कवि तुलसी दिवसको अमेरिकामा एकल कविता वाचन
शुक्रबार, ०५ जेठ २०७४, ०९ : १२
काठमाडौँ - वरिष्ठ कवि तुलसी दिवसले यही जेठको दोस्रो साता संयुक्त राज्य अमेरिकामा सम्मान ग्रहणका साथै एकल कविता वाचन गनेृ भएका छन् ।
नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि सूत्रधार बन्दै आउनुभएका कवि दिवसले यही जेठ १३ गते अमेरिकाको वासिङटन डिसी महानगरमा अभिनन्दन ग्रहण गर्नुहुनेछ । अभिनन्दन कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको पनि सहमागिता रहनेछ ।
विश्वका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गरेका दिवसले दर्जनौँ मुलुकमा साहित्यकारकै हैसियतमा भ्रमण गरी आफ्नो प्रस्तुति दिईसकेका छन् ।
कवि दिवसले आफूलाई अभिनन्दन गरिने जानकारी पाउँदा खुसी लागेको भन्दै त्यहाँ हुने कार्यक्रममा नेपाली समुदायको उपस्थितिका लागि आग्रहसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण