कन्सर्ट सिद्धाएलगत्तै गायक क्रिस कोर्नेलद्वार झुण्डिएर आत्महत्या
बीबीसी
जेठ ५ – गायक क्रिस कोर्नेलले झुण्डिएर आत्महत्या गरेका छन् । अमेरिकी अधिकारीले सो कुराको पुष्टि गरेको हो ।
५२ वर्षीय कोर्नेल बुधबार बेलुका डिट्रोइटस्थित साउन्डगार्डनमा आफ्नो ब्याण्डसँग कन्सर्ट दिएलगत्तै मृत अवस्थामा भेटिएका हुन् ।
वेन काउन्टी मेडिकल इक्जामिनर अफिसले एक विज्ञप्ती जारी गर्दै उनले आत्महत्या गरेको पुष्टि गरेको छ ।
यस अघि जारी गरिएको एक बयानमा कोर्नेलका प्रतिनिधीले उनको मृत्युलाई ‘अप्रत्याशित र अकस्मात्’ बताएका थिए ।
डट्रोइट पुलिसका प्रवक्तालाई बीबीसीलाई दिएको जानकारी अनुसार उनलाई यसबारे बुधबार मध्यरातमा फोन आएपछि जानकारी भएको हो ।
‘उनलाई बाथरुमको भुँइमा भेटिएको हो । हाम्रा स्वास्थ्यकर्मीलाई घटनास्थल बोलाइयो जहाँ उनलाई मृत घोषणा गरियो,’ प्रवक्ताले भने ।
उनका एकजना साथीले उनलाई खोज्दा बाथरुमको भुँइमा लडिरहेको अवस्थामा भेटेको बताइएको छ ।
मेडिकल इक्जामिनर्स अफिसले बिहिबार भन्यो, ‘उनले झुण्डिएर आत्महत्या गरेका छन् । यद्यपी, उनको पूर्ण पोष्टमार्टम रिर्पाट भने आइसकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण