शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदुर नगरपालिकामा एमालेका सञ्जु विजयी

शुक्रबार, ०५ जेठ २०७४, ०९ : १८
शुक्रबार, ०५ जेठ २०७४
नुवाकोट - स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । तेह्रवटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा एमालेका उम्मेदवार सञ्जु पण्डित नौ हजार ७१६ मत ल्याएर विजयी भएको छ । उन्का निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार धु्रव अधिकारीले आठ हजार ७४२ मत ल्याएका छन् । यस्तै, उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार गीता दाहाल अर्याल नौ हजार १२४ मत ल्याएर विजयी भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार गीता अमात्यले नौ हजार मत ल्याएका छन् । उपप्रमुख पदमा २२ मतको मात्र फरक छ । नुवाकोटमा यसअघि नेकाका उम्मेदवार किस्पाङ, तादी, लिखु, दुप्चेश्वर, सूर्यगढी, शिवपुरी र मेघाङमा गाँउपालिका प्रमुखमा विजयी भएका छन् । तार्केश्वर गाउँपालिकामा नेकपा ९एमाले०का उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । ककनी गापामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अब नुवाकोटमा पञ्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप