तीन गाउँपालिका तीन पार्टीलाई
शुक्रबार, ०५ जेठ २०७४, ०९ : २७
ललितपुर - गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका छन् ।
महर्जनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका मुना भण्डारी १२ हजार ७७९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रमुख प्रतिस्पर्धी एमालेका तारा सञ्जेलले १२ हजार ३९६ मत र माओवादी केन्द्रका सीता घिमिरेले छ हजार ४१३ मत प्राप्त गरेका छन् ।
तीन गाउँपालिका तीन पार्टीलाई
स्थानीय तहको निर्वाचनमा यहाँका तीनवटा गाउँपालिकामा तीन ठूला राजनीतिक दलले एक÷एक गाउँपालिकामा आफ्नो वर्चस्व कायम गरेका छन् ।
तीनवटै गाउँपालिकाको मतपरिणामअनुसार वाग्मती गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका वीरबहादुर लोप्चन, कोञ्ज्योसोममा नेकपा ९माओवादी केन्द्र०का गोपीलाल सिङ्तान र महाँकाल गाउँपालिकामा नेकपा ९एमाले०का रामचन्द्र दाहाल विजयी भए ।
वाग्मती गाउँपालिकाको अध्यक्षमा काँग्रेसका लोप्चनले तीन हजार ४०२ मत ल्याएर आफ्नो जित सुनिश्चित गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद घिमिरेले दुई हजार २५२ मत प्राप्त गरेका छन् ।
सोही गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै रञ्जना तिमल्सिनाले तीन हजार ४२६ मत ल्याएर विजयी बने, भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी डोलकुमारी सिङ्तानले दुई हजार ३४० मत प्राप्त गरेका थिए ।
यसैगरी कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्षमा एक हजार ७९८ मत ल्याएर माओवादीका सिङ्तान विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजनप्रसाद घिमिरेले एक हजार ७३२ मत ल्याएका थिए ।
सोही गाउँपालिकामा माओवादी केन्द्रकी मिङ्मा लामाले एक हजार ९३३ मत ल्याएर उपाध्यक्ष पदमा विजयी हुनुभयो भने उन्का निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला दुलाल घिमिरेले एक हजार ४५७ मत प्राप्त गरेका थिए ।
यस्तै महाँकाल गाउँपालिकाको अध्यक्षमा एमालेका रामचन्द्र दाहालले दुई हजार ८० मतका साथ विजयी बन्नुभएयो, दोस्रो स्थानमा रहेका काँग्रेसका भिमसेन घिमिरेले एक हजार ७२२ मत ल्याएका छन् ।
सोही गाउँपालिकामा दुई हजार २६३ मत ल्याएर एमालेका कमला तामाङले उपाध्यक्षको पद सुनिश्चित गर्नुभएको छ । काँग्रेसका सुशीला अधिरकारीले सोही पदका लागि एक हजार ३९९ मत ल्याएका थिए ।
वाग्मती गाउँपालिका वडा नम्बर १, २, ३ र ४ रमा क्रमशः काँग्रेसका जगत लो, विजय लो, विष्णुप्रसाद तिमल्सिना र नारायण घले वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत रोशनी श्रेष्ठले बताउनुभयो । यसैगरी वडा नम्बर ५, ६ र ७ मा क्रमशः एमालेका उम्मेदवार राजकुमार मगर, लालबहादुर बम्जन र नवराज सञ्जेल विजयी बनेका छन् ।
कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर १, ३ र ५ मा क्रमशः माओवादी केन्द्रका सन्तलाल तामाङ, ध्रुव घिमिरे र सुवीन्द्र तामाङ वडाध्यक्षमा विजयी बनेका छन्, भने वडा नम्बर ३ र ४ मा क्रमशः काँग्रेसका तिलक लामा र तीर्थ लामा अध्यक्षमा विजयी बने ।
यस्तै महाँकाल गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ मा क्रमशः एमालेका सन्तमान स्याङ्तान, गङ्गारामा तिमल्सिना, शान्तप्रसाद गौतम र रामकृष्ण आचार्य वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । काँग्रेसका खोम गौतम वडा नम्बर १ मा खोमप्रसाद दाहाल वडा नम्बर ५ बाट वडाध्यक्षमा विजयी बन्नुभएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण