शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवलपरासीको कावासोती नगरपालिमा महिला नेत्री पुन विजयी

शुक्रबार, ०५ जेठ २०७४, ०९ : ३४
शुक्रबार, ०५ जेठ २०७४
नवलपरासी -  नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार चन्द्रा पुन विजयी बनेका छन् । यसैगरी उपप्रमुखमा पनि नेकपा ९एमाले०कै उम्मेदवार प्रेमशङ्कर मर्दनिया विजयी बने । प्रमुखमा विजयी पुनले कुल १३ हजार ४१ मत प्राप्त गरेका थिए भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र पोखरेलले १२ हजार ५९४ मत प्राप्त गरेका थिए । त्यसैगरी, उपप्रमुखमा कुल १३ हजार ८१४ मत प्राप्त गरी मर्दनिया विजयी बन्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी खगिसरा गुरुङले ११ हजार ६९३ मत गरेका थिए । नवलपरासीमा प्रथम चरणमा निर्वाचन भएका आठवटा स्थानीय तहमध्ये आठवटै स्थानीय तहमा मतगणना सकिएको छ, जसअनुसार नगरपालिकातर्फ देवचुली र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा नेका विजयी बनेको छ भने गैँडाकोट र कावासोती नगरपालिकामा नेकपा एमाले विजयी बनेको छ । नवलपरासीमा छमा काँग्रेस, दुईमा एमाले यसैगरी, स्थानीय तहको निर्वाचनमा नवलपरासीका आठवटा स्थानीय तहमध्ये छवटा तहमा नेकाले विजय हासिल गरेको छ भने दुईवटा स्थानीय तहमा दोस्रो ठूलो दल नेकपा ९एमाले०ले विजय हासिल गरेको छ । प्रमुख पदमा काँग्रेसका उम्मेदवार नगरपालिकातर्फ मध्यबिन्दु र देवचुली र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा विजयी बनेका हुुन् । यसैगरी नेकपा ९एमाले० उम्मेदवार गैँडाकोट र कावासोतीमा विजयी भएको छ । काँग्रेस चारवटै गाउँपालिकातर्फ हुप्सेकोटमा उपाध्यक्षबाहेक चार सबै गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित विजयी बनेको छ । त्यसैगरी, नगरपालिकातर्फ पनि देवचुलीमा उपप्रमुखबाहेक प्रमुख र मध्यबिन्दुमा प्रमुख र उपप्रमुखमा काँग्रेसले विजय हासिल गरेको हो । नेकपा ९एमाले०ले जिल्लाको गैँडाकोटमा उपप्रमुखबाहेक प्रमुखमा विजय हासिल गरेको छ भने कावासोतीमा भने प्रमुख र उपप्रमुखमा समेत विजयी हासिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप