बनेपा नगरपालिकामा एमाले विजयी
शुक्रबार, ०५ जेठ २०७४, ०९ : ४३
काभ्रे - काभ्रे जिल्लाको बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ ।
नगरपालिका प्रमुखमा नेकपा ९एमाले० का तर्फबाट लक्ष्मी नरसिंह बादेले एघार हजार ४०९ मत प्राप्त गरी विजयी भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका रामराज जोशीले नौ हजार ६५९ मत प्राप्त गरे ।
त्यसैगरी, नगर उपप्रमुखमा नेकपा ९एमाले० बाट रेखा सापकोटा ९दाहाल० ले एघार हजार २ मत प्राप्त गरी विजयी भएको छ । उन्का निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी निर्मला श्रेष्ठले नौ हजार ९६० मत प्राप्त गरे ।
यस्तै, नमोबुद्ध नगरपालिकाको वडा नम्बर ३, ४ र ५ मा नेकपा ९एमाले० को समूह नै विजयी भएको छ भने वडा नम्बर ६ मा काँग्रेस विजयी भएको छ ।
वडा नम्बर ३ मा नेकपा एमालेका रामशरण हुमागाईंले ३८३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गंगा लामाले ३८१ मत पाए ।
वडा नम्बर ४ मा नेकपा ९एमाले० का उद्वव प्रसाद काफ्लेले ४९२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद चिमौरियाले ३५७ मत पाए । वडा नम्बर ५ मा एमालेकै बुद्धसिँह तामाङले ७७६ मत ल्याइ विजयी भएका छन् , उन्का निकटतम प्रतिद्वन्द्वी नेकाका सूर्य तामाङले ६५० मत प्राप्त गरे ।
त्यसैगरी, उक्त नगरपालिकाकै वडा नम्बर ६ मा नेपाली काँग्रेसका कुल प्रसाद न्यौपाने २९० मत ल्याइ विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी टिकाबहादुर केसीले २८६ मत ल्याए ।
त्यसैगरी धुलिखेल नगरपालिकाको ३ नम्बर वडामा नेकपा ९एमाले०का विनोद पराजुलीले ५८३ मत प्राप्त गरी विजयी भए भने उहाँका निकटतम प्रतिद्वन्द्वी सञ्जय तामाङले २८१ मत पाए ।
यस्तै, उक्त नगरपालिकाको वडा नम्बर ५ मा नेपाली काँग्रेसका गंगासागर रञ्जितकार ४७५ मत ल्याइ विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का हरिगोपाल प्रधानांगले ४७३ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण