शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यपुर थिमि नगरपालिका–४ मा मिश्रित परिणाम

शुक्रबार, ०५ जेठ २०७४, ०९ : ५०
शुक्रबार, ०५ जेठ २०७४
भक्तपुर - भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ को परिणाम मिश्रित आएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका कुमार श्रेष्ठ विजयी भएका छन् भने सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा काँग्रेसका कुमार श्रेष्ठले एक हजार ६०३ मत प्राप्त गरेर विजय हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का बालकृष्ण पाते श्रेष्ठले एक हजार ३८५ मत प्राप्त गरे । सदस्यहरुमा नेकपा एमालेका रामकेशरी श्रेष्ठ, उमेश श्रेष्ठ र सुन्दरलाल श्रेष्ठ विजयी भए । यसैबीच, मध्यपुर थिमिको नौमध्ये चार वडाको मतगणना सकिँदा प्रमुखमा नेकपा ९एमाले०ले अग्रता हासिल गरेको छ । यसअघि नेकाका उम्मेदवार अष्ट कवेँले अग्रता लिइरहेकामा वडा नं ४ को मतगणना सकिँदा नेकपा ९एमाले०का मदनसुन्दर श्रेष्ठले अग्रता कायम गरे । पछिल्लो मतपरिणामअनुसार एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार २७३ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका कवेँले चार हजार ९७५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, उपप्रमुखमा भने काँग्रेसका अञ्जना मधिकर्मीले अग्रता कायम राख्नुभएको छ । उहाँले पाँच हजार ४०७ मत प्राप्त गर्नुभएको छ भने नेपाल मजदुर किसान पार्टीका केदार खड्काले तीन हजार ४३५ मतले मधिकर्मीलाई पछ्याइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप