आत्महत्या गरिरहेका युवक बचाउँदा पुल भाँच्चियो, ५० जना नदीमा खसे, २ को मृत्यु
एजेन्सी
पणजी, जेठ ५ – दक्षिणी गोवाको कुर्चोरम क्षेत्रमा रहेको सान्वोडेम नदीमा बनेको पुल भाँच्चिदा ५० जना नदीमा खसेका छन् ।
घटनामा दुई जनाको मृत्यु भएको छ भने ३० जनाको उद्दार गरिएको छ । केही भने आफै पौडेल सुरक्षित स्थानमा पुगेका छन् ।
५ जना घाइतेहरुलाई अस्पतालमा भर्ती गरिएको हो ।
नदीमा हामफालेर आत्महत्या गर्ने कोशिस गरिरहेका एक युवकलाई बचाउने कोशिस गरिरहँदा पुलमा भिड जुटेको थियो । पुलले मानिसहरुको भार थाम्न नसकेपछि पुल भाँचिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
समाचार एजेन्सीका अनुसार यो घटना बिहिबार साँझ भएको थियो । फायर एन्ड इमरजेन्सी सर्भिसलाई सान्वोडेम जुआदी नदीको पुलबाट कुनै युवकले आत्महत्या गर्न हाम फालेको सूचना आएको थियो । जब टोली त्यहाँ पुग्यो, अन्य मानिसहरु पनि त्यहाँ जम्मा भए ।
पुलमा धेरै मानिस जम्मा हुन थालेपछि भार थाम्न नसकेर पुल भाँचिएको थियो ।
पोर्चुगलको शासनकालमा बनेको यो पुल निकै पूरानो थियो । पछिल्लो चार वर्षदेखि त्यहाँ गाडीसमेत चलाउन प्रतिबन्ध गरिएको थियो ।
गृहमन्त्री राजनाथ सिंहले ट्वीट गर्दै यस विषयमा गोवाको मुख्यमन्त्रीसँग कुरा भएको र खोज र बचाव कार्यलाई तीव्र बनाउन निर्देशन दिएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण