शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री आज किन जाँदैछन् चितवन ?

शुक्रबार, ०५ जेठ २०७४, ०९ : ४९
शुक्रबार, ०५ जेठ २०७४

जेठ ५, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज फेरि चितवन जाँदैछन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा कार्यलय उद्घाटनका लागि प्रधानमन्त्री चितवन जान थालेका हुन् । दिउँसो साढे १ बजे प्रधानमन्त्री कार्यक्रममा सहभागी हुनेछन् । यस अघि प्रधानमन्त्री मतदानका लागि भरतपुर गएका थिए । जहाँ काँग्रेस र माअ‍ोवादीको गठबन्धनमा माओवादीका तर्फबाट प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल मेयरका उम्मेदवार छिन् । अहिले त्यहाँ मतगणना भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप